Monday, May 28

जापानमा एक नेपाली विद्यार्थीद्धारा झुण्डिएर आत्महत्या

0

टोकियो : जापानमा अध्ययनका लागि आएका एक नेपाली युवा बुधवार झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । जापानको फुकुओका मिनामी कु इजिरीमा बस्दै आएका ललितपुर जिल्ला घर भएका राजेन्द्र महर्जन आफ्नै कोठाको शौचालयमा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन्। 

बुधवार अपरान्ह मृत भेटिएपनि उनको मृत्यु बुधवार नभई कम्तिमा एकदिन अघिनै भएको घटनास्थलमा प्रहरीले बताएको मृतक महर्जनका साथी रक्की डंगोलले बताएका छन् ।

उनी भन्छन, ‘हाम्रो फोन पनि नउठाउने, सम्पर्क नै नभएपछि कोठामा गएर ढक्ढकायौं नखोलेपछि उ पढ्ने गाक्कोलाई खबर गर्यौं अनि गाक्कोले फुदोसानलाई भनेर प्रहरी बोलाएर ढोका खोल्दा मृत भेटिएका हुन् ।’

रक्कीले टेलिफोनमा दिएको जानकारी अनुसार प्रहरी बाहेक अन्यलाई कोठामा छिर्न नदिएका कारण कहाँ र कुन अवस्थामा मृत्यु भएको बारे थाहा नभएपनि प्रहरीले झुण्डिएको बताएको तर यसबारेमा प्रहरीद्वारा अनुसन्धान भइरहेको उनले जनाए ।

मृतक निकटका साथी रक्की डंगोलले दिएको जानकारी अनुसार २९ बर्षीय मृतक महर्जन फुकुओकामा निहोन खेदाई दाइगाक्कोमा चार वर्षे स्नातक अध्ययन गरिरहेका थिए । हाल चौथो बर्षको अध्ययन चलिरहेको थियो ।

सोमबारदेखी साथिहरुसँग सम्पर्क विहिन भएपछि खोजि गर्दा बुधवार अपरान्ह ४ बजेतिर उनलाई आफ्नै कोठामा मृत भेटिएको हो ।      मृत्युको कारण थाहा हुन सकेको छैन । केही दिन अघि देखीनै आफ्नो फेसबुक निस्क्रिय बनाएका महर्जन अविवाहित हुन् ।

घटना के कसरी भयो भन्ने कारण थाहा हुन नसकेको र उनको शव हाल प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको र भोली साँझ सम्ममा विस्तृत जानकारी दिने बताएको छ ।

नेपालस्थित परिवारमा अबेर साँझ खबर पुगेको र प्रहरी रिपोर्ट आएपछि मात्र घटनाबारे थाहा हुने भएको छ ।

Share.

Comments are closed.

error: Content is protected !!