Monday, May 28

२४ वर्षपछि एकसाथ पर्दामा देखिंदै सलमान खान र आमिर खान

0

जेठ २, बलिउड इतिहासमा अहिलेसम्मको ठूलो लगानीमा फिल्म निर्माण हुने भएको छ । सलमान खान र अमिर खानको मुख्य भूमिकामा रहेको फिल्ममा २४ वर्ष पछि उनीहरु संगै देखिने भएका हुन ।

अमिर आफैले गर्ने भनिएको पहिलो रोल सलमानलाई अफर गरिरेका छन् ।‘महाभारत’को लागि बन्न लागेको सो फिल्ममा भारतका सबैभन्दा धनि व्यवसायी मुकेश आम्बानीको लगानीमा बन्ने भएको छ ।

समाचारमा महाभारतको लागि सलमानलाई कृष्णको रोल दिने खबर आएको छ । यसअघि अमिरको लागि तय भएको रोल अमिरले नै सलमानलाई अफर गरेका भनिएको छ ।

‘महाभारत’मा कृष्णको रोलमा देखिने भनिएको अमिर कर्णको रोलमा देदिने भएका छन् । ‘पिपिंगमून’ को रिपोर्टका अनुसार सलमान पनि केही वर्षदेखि महाभारतबाट प्रेरित फिल्म बनाउने सोचाइमा थिए ।

यदि ‘भाइजान’ले ‘मिस्टर परफेक्सनिस्ट’ को अफर स्वीकार गरेमा २४ वर्षपछि यी दुईको जोडी सँगै पर्दामा देखिने छन् । सलमानले आमिरको फिल्ममा फिल्मको एक हिस्सा बन्न इच्छा जनाएपछि आमिरले सलमानलाई कृष्णको रोल अफर गरेका हुन् ।

यद्यपि सलमान आफैँ फिल्ममा इच्छु भएकोले उनले अफर स्वीकार गर्ने अनुमान गरिएको छ । यो फिल्म ५ फिल्मको सिरिज हुनेछ । यो फिल्मको बजेट १ हजार करोड भएको बताइएको छ । फिल्ममा अमिताभ बच्चन र इमरान खान पनि महत्वपूर्ण भूमिकामा हुनेछन् । फिल्ममा अमिताभले भीष्म पितामहको भूमिका गर्ने अनुमान गरिएको छ ।

Share.

Comments are closed.

error: Content is protected !!