२०७५ सालमा बिबाह गर्दै हुनुहुन्छ ? जेठमा लगन जुरेन, मंसिरमा १ दिन मात्र हेर्नुहोस लगन सहित

0

काठमाडौ‌ं : पञ्चाङग निर्णायक समितिले २०७५ सालको पात्रो तयार गरेको छ । समितिको अध्यक्ष, सदस्य सचिव ७ सहित ९ जनाको समितिले सो पात्रो तयार पारेको हो । विजयादशमी भने कात्तिक २ गते परेको छ । कात्तिक १९ गतेदेखि शुरु हुने तिहारअन्तर्गत २१ गते लक्ष्मीपूजा र २३ गते भाइटीका रहेको छ

२०७५ सालको जेठ महिनामा विवाहको लागि साइत नजुर्ने भएको छ । मलमास भएका कारण जेठमा विवाहको लगन नभएको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । मंसिरमा १ दिन मात्रै लगन छ भने बाँकी वैशाख, असार, माघ र फागुनमा भने धेरै दिन नै लगन छ।

०७५ सालमा विवाहको लगन कहिले :

वैशाख : ५, ६, १६ र २८ गते

असार : ६, ७, ९, ११, १५ र १६ गते

मंसिर : २९ गते मात्र

माघ : ३, ४, ८, ९, ११, १३, १४, १५, २६ र २७ गते

फागुन : १, २, ७, ८, ९, १०, १३, १४, २३, २४, २५, २८ र २९ गते

ब्रतबन्ध साइत

असार ८, ३१ गते, माघ २७ गते र फागुन ९ गते गरी बर्षमा चार दिनमात्र साइत छ ।

पञ्चाङग निर्णायक समितिका अध्यक्ष पण्डित रामचन्द्र पौडेलले २०७५ साल यो बर्षभन्दा राम्रो रहेको बताए ।

Share.

Comments are closed.

error: Content is protected !!