हेर्नुहोस आजको विनिमय दर

0

असोज ७, काठमाडौँ : आज आइतबार कोरियन वनको मूल्य भने बढेको छ । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९० पैसा र बिक्रिदर २८ रुपैयाँ ०४ पैसा रहेको छ ।

त्यसैगरी, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ६५ र बिक्रिदर ३१ रुपैयाँ ८१ पैसा छ । एक साउदी रियालको खरिददर ३० रुपैयाँ ७२ पैसा र बिक्रिदर ३० रुपैयाँ ८८ पैसा रहेको छ ।बहराइन दिनार एकको खरिददर ३ सय ५ रुपैयाँ ६२ पैसा र बिक्रिदर ३ सय ७ रुपैयाँ २१ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ३२ र बिक्रिदर १० रुपैयाँ ३७ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ३ सय ८० रुपैयाँ ७० पैसा छ भने बिक्रिदर ३ सय ८२ रुपैयाँ ६९ पैसा रहेको छ ।युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ३७ पैसा र बिक्रिदर ३१ रुपैयाँ ५३ पैसा तोकेको छ ।वाणिज्य बैंकहरुले भने नेपाल राष्ट्र बैंकले तोकेको दरमा केही रकम परिबर्तन गरेर मूल्य तोक्न सक्नेछन् ।

Share.

Comments are closed.

error: Content is protected !!