हेर्नुस् कर्णाली नदी किनारबाट यसरी निकालिन्छ सुन (भिडियोसहित)

0

काठमाडौँ। कर्णाली नदीको किनारामा पर्ने बर्दियाको राजापुरमा एउटा चिटिक्कको गाउँ छ । यो गाउँमा बस्ने सोनाह समुदायका महिला र केटाकेटी बालुवामा सुन खोजेर गुजारा चलाउँछन् ।

फुर्सद हुने बित्तिकै उनीहरु बालुवा पखाल्ने आवश्यक सरसामान बोकेर नदीको बगर जान्छन् । सुनका कण कहाँ हुन्छ भनेर पत्ता लगाउँछन् र खनीखोस्री गर्छन् । यसरी खोस्रेको बालुवालाई विशेष प्रकारको काठको भाँडामा राखेर पानीले पखाल्छन् ।

यसरी पानीले पखाल्दा सुनका केही कण भेटिन्छन् । धेरै बालुवा पखालिसकेपछि भेटिएका सुनका मसिना कण जम्मा पारेर घर लैजान्छन् । अनि आफ्नै परम्परागत शैलीमा सुनको प्रशोधन गर्छन् । यसरी प्रशोधन गरिएको सुन बेचेर उनीहरूको गुजारा चल्दै आएको छ ।

Share.

Comments are closed.

error: Content is protected !!