समिर विष्णु खत्रीको वास्तविक घटना समेटिएको गीतको ट्रेलर सार्वजनिक, यो हेरेर कसको पो आँशु नझर्ला र ? [भिडियो सहित]

0

काठमाडौँ, ४ वैशाख : सामान्य परिवारमा जन्मिएर संघर्ष सँगै दिनहरु बितिरहेका थिए समिर बिष्णु । बाग्लुङ्गमा जन्मिए पनि बुटवल कर्मथलो बनेको थियो समिर बिष्णुको l बुटवलमा कोठा भाडा गरेर बस्नु र दिन चर्या अघि बढाउन मुस्किल मुस्किल परेपनि बाबा भारतीय सेनामा कार्यरत हुनुहुन्थियो त्यसैले पनि रातपछि दिन आउछ भन्ने झिनो आशा बोकेर जिन्दगीको यात्रा अघि बढी रहेकै थियो l समिर घरको जेठो छोरो भएकोले पनि घरव्यवहार धान्नु पर्ने जिम्मेवारी बोकेर काम गर्नु पर्ने थियो l बाबा डीबी खत्री भारतीय सेनामा कार्यरत रहदा समेत पटक पटक घरमा फोन गर्ने र दुख पछि सुख आउछ भनेर हौशला दिने गर्नु हुन्थ्यो रे तर दैबको खेल भनौ या अघिल्लो जुनीको सजाए परिवार भित्र रहेको खुशी लामो समय टिक्न सकेन l एकदिनको कुरा हो इंडिया देखि बाबाले समिरलाई फोन गर्नु भयो र आफुले पल्टनमा बिदा मिलाएको र ३ दिन पछि नेपाल आएर घर परिवारसँग बसेर रमाइलो गर्नुपर्छ भन्ने खबर सुनाउनु भयो । परिवारमा पनि हर्षोल्लास बढेको थियो l

बाबाको आफु रेल चढेर घर हिडेको फोन आयो र भन्नु भो “बाबु म नेपाल हिडे मेरो केहि चिन्ता लिनु पर्दैन, नेपाल पुगेपछि फोन गर्छु। तेसपछि बाबा नेपाल आउनुहुन्छ र बाबाको फोन आउछ भनेर कुर्दाकुर्दै दिन बिते रात बिते, हप्ता, महिना गर्दै वर्षौ बित्यो तर बाबाको फोन आएन l परिवार भित्रको खुशी पलभरमै लथालिङ्ग र भताभुङ्ग भयो l भारतीय सरकारले ठाउँ ठाउमा खोज्यो तर नत लास नत सास केहि दिन सकेन, नेपाल सरकारलाई पनि यो घटनाको बारेमा जानकारी नभएको होइन तर सुनेर पनि नसुने जस्तो गर्यो कुनै पहल गरेन। अन्तत : आफ्नो कथा व्यथा सुनाउने र हराएको बाबालाई खोज्ने एउटा झिनो आशा अविरल फिल्मसले जगायो र सोहि कथा व्यथा समेटेर बाबा खोज्ने माध्यम बन्यो।” “फर्की आउनुस बाबा” बोलको गीत जसमा समिर बिष्णु खत्रीको आफ्नै शब्द, स्वर र लय रहेको छ भने सागर विरहीको एरेन्ज रहेको छ।

बिष्णु भट्टराईको निर्देशन छायांकन र सम्पादन सँगै एउटा भिडियोले मुर्त रुप पायो जसमा कुलचन्द्र पुरीले हराएको बाबाको भूमिका निर्बाह गरेकाछन् भने कृष्ण बाबु , राजु खत्री लगायतको महत्व पूर्ण भूमीका भिडियोमा रहेको छ l सगुन शर्माले सृंगार गरेको भिडियोको दृश्य निर्माण अविरल फिल्मसले गरेको छ l यो गीत सँगै बाबा भेटिने आशा बोकेर बसेका समिर बिष्णुले आफ्नै बाबा सँग सम्बन्धित शब्द कोरेका छ्न । साथै यो गीतलाई अन्य गीत सँग तुलना नगरिदिनुहोला मेरो बाबा भेटाउने मध्यम यहि गीत भएको हुनाले सबैले सेयर गरिदिएर सहयोग गरिदिनुहोला भन्ने पनि उनको आग्रह छ l
यहीँ बैशाख ९ गते उक्त गीतको भिडियो सार्बजनिक हुनेछ।

हेर्नुहोस् ट्रेलर:

Share.

Comments are closed.

error: Content is protected !!