शुद्ध अक्सिजन लिन रोप्नुस् घरमा यी बिरुवाहरु

0

एजेन्सी : हामीलाई चाहिने अक्सीजन रुख बिरुवाले दिन्छ । रुख बिरुवा कुनै पनि प्राणी बाँच्न सक्दैनन्। जैविक सन्तुलन बनस्पतीमै टिकेको छ । जसले गर्दा हाम्रो पृथ्वीका कुनै पनि बोट बिरुवा हाम्रा लागि एकदमै महत्वपूर्ण रहेका छन्।

घरमा रोपेको विरुवाले घरको सौन्दर्य त बढाउँछ नै, शुद्ध अक्सिजनको उत्पादन गरी मानिसलाई विभिन्न रोग लाग्नबाट समेत बचाउँछ । घरमा रोपिने यस्ता विरुवाले ‘एयरप्युरिफायर’को समेत काम गर्छ, जसले गहिरो निद्रा लगाउनुका साथै घरमा सकारात्मक उर्जा प्रवाह गर्दछ ।

तुलसी : तुलसीलाई विभिन्न औषधीको खानी पनि भन्ने गरिन्छ । तुलसीलाई घर आगनमा रोप्नको धार्मिक र आध्यात्मिक मात्र हैन, औषधि महत्व पनि छ । घरको आँगनमा तुलसी रोप्दा वातावरण शुद्ध हुनुका साथै यसले रुघाखोकी, ज्वरो, दुखाईलगायतमा समेत शरीरलाई आराम दिन्छ । टाउको दुखेमा तुलसीको पात पिसेर टाउकोमा लगाउनुस्, टाउको दुखाई निकै हदसम्म कम हुन्छ ।

चमेली : दक्षिण भारतमा महिलाले सुन्दरताको प्रतिकका रुपमा चमेली फूल टाउकोमा पनि लगाउने गर्दछन् । हेर्दा आर्कषक तथा मनमोहक देखिने चेमेलीको बोटले शरीरको तनाव कम गर्नुका साथै बेचैनी हटाउँछ । यसले गहिरो निद्रा जगाउनुका साथै शरीरमा सकारात्मक उर्जा संचार गर्दछ ।

एलोवेरा : सौन्दर्यका विभिन्न प्रशाधनहरुमा एलोवेराको प्रयोग अधिक हुन्छ । एलोभेराको प्रयोगबाट अनुहार सुन्दर हुनुका साथै यसले निद्रासमेत लगाउँछ । सानो तिनो चोटकपटक तथा पोलेको घाउमा औषधीको काम गर्ने एलोभेराले रातको समयमा अक्सिजन छोड्छ, जसले गर्दा अनिद्राको समस्या हटेर जान्छ ।

Share.

Comments are closed.

error: Content is protected !!