विद्यालयको लूट,अभिभाबकको बाध्यता र विद्यार्थीको अन्योल भबिष्यको जिम्मेवार को ?

0

धन भन्दा बिद्या ठुलो भन्ने कुरा स्कूल पढ्दा बादविवाद प्रतियोगितामा धेरै विद्यार्थीले पढ्दै र घोक्दै आएको बिषय हो। प्राय गरेर धन भन्दा विद्या ठुलो भन्ने विषयमा बोल्न सबैले मन पराउछन्। तर जब त्यही बच्चा हुर्किदै जान्छ उसले विद्या भन्दा धन ठुलो भन्ने सोच्न थाल्छ किनकि धनको कारण उसले भबिष्य निर्धारण गर्ने शिक्षा बाट बन्चित हुनुपर्छ। जति जति नेपालमा प्राइवेट विद्यालयको संख्यात्मक वृद्धि हुदै गयो त्यति त्यति गुणस्तरिय शिक्षामा ह्रास आउदै गएको छ। पछिलो समय गुणस्तरिय शिक्षामा भन्दा ब्यबसायिक शिक्षामा सबैको ध्यान केन्द्रित भएको छ। विद्यालय ब्यबसाय बनेका छन्। गुणस्तरमा भन्दा संख्यात्मक हिसाबले विद्यालयको वृद्धि हुदै आएको छ। आयस्रोत र मुनाफाको हिसाबले विद्यालय संचालन गर्नेहरुको लहर चलेको छ। नेपाल सरकार,अनुगमन गर्ने निकाय र बिद्यालय बीच पछिल्लो समय यस्तो तालमेल भएको छ कि अभिभाबक र विद्यार्थी टुलुटुलु हेर्दै बस्न र विद्यालयको मनलाग्दी सहन बाध्य भएका छन्।

पोखराका नाम चलेका देखि नचलेका प्राय सबै विद्यालयहरु बिद्यार्थी र अभिभाबकलाइ आर्थिक रुपमा शोषण गर्दै आइरहेको पोखराबासीको गुनासो रहेको छ। पछिल्लो समय शुल्क र भर्नाको बिषयलाइ लिएर अभिभाबक निकै नै आतंकित भएका छन्। लगातार पढ्दै गरेका बिद्यार्थीसंग हरेक बर्ष भर्ना गर्न बाध्य बनाउने प्रबृत्तिले अभिभाबक मारमा परेका छन्। अतिरिक्त शुल्क को नाममा गरिने व्यापार , बच्चालाइ बिद्यालयमा गरिने व्यवहार र बच्चाको मनस्थितिमा पर्ने बोझ साथै स्तरिय शिक्षा को कमीले बच्चा र अभिभाबकको लगानी बालुवामा पानि हाले जस्तै बन्न पुगेको उनीहरुको ठहर छ।

१ ) हरेक बर्ष भर्ना गर्नु पर्ने परिपाटीले अभिभाबकलाइ आर्थिक भार पर्ने गुनासो अभिभाबकको छ भने बिद्यालयले यसमा कुनै प्रतिक्रिया दिने गरेको छैन। सैयौ बिद्यार्थीको हरेक बर्ष भर्ना प्रक्रिया अन्तर्गत लाखौ रुपैया विद्यालयले असुल्ने गरेका छन्। पोखराका हरेक विद्यालयले भर्नाको नाममा गरिरहेको लुट सम्बन्धित निकयलाई थाहा हुदा हुदै पनि सम्बन्धित निकाय मौन रहनुले बिधालय र सम्बन्धित निकायको मिलेमतो छ भन्न सकिन्छ।

२ ) प्रकाशन गृह र बिद्यालयको मिलेमतोमा लूट को खेति भैरहेको आरोप अभिभाबकले लगाएका छन् भने स्थानिय प्रशाशन र सम्बन्धित निकाय मौन रहेको पनि उनीहरुको गुनासो रहेको छ। विद्यालयले आफ्ना बिद्यार्थीलाइ आफुले तोकेकै पुस्तक पसलमा तोकिएकै प्रकाशन गृहका किताब कपि किन्नु पर्ने बाध्यात्मक परिस्थिति सिर्जना गरिदिएका हुनाले बिद्यार्थी र अभिभाबकले चर्को मूल्यमा किताब कपि किन्नु परेको र त्यस वापत कमिसन बिद्यालय र पसलेले खाने गरेको पनि अभिभाबक बताउछन्।

३ ) ड्रेस पनि विद्यालयले तोकेकै ठाउँमा किन्नु पर्ने अर्को बाध्यात्मक स्थिति सिर्जना गरिदिएकोले पनि अभिभाबकले आक्रोस ब्यक्त गरेका छन्।

४ ) अनुगमन गर्ने सम्बन्धित निकायले अनुगमन गरे जस्तो गर्ने तर सबै पक्ष संग मिलेर अनुगमनलाइ प्रभावित पार्ने गरेको गुनासो पनि अभिभाबकले गरेका छन्।

५) शैक्षिक क्षेत्र जस्तो पबित्र क्षेत्र भित्र कमिसन र मनपरी गरिदा पनि राज्य पक्ष चुप चाप बस्नुले नेपालको शैक्षिक क्षेत्र भित्र माफिया तन्त्र बढ्दै गएको पनि पिडित अभिभाबकहरुले गुनासो गरेका छन् |

बिद्यालय र प्रकाशन गृहको सिन्डिकेटका कारण नेपाल अधिराज्य भरिका प्राय सबै जसो शैक्षिक क्षेत्र प्रभावित बन्ने गरेका छन्। नागरिक समाजले बेला बेलामा बिज्ञप्ति निकाले पनि कागजमा मात्र सिमित हुने गर्दछ। अनुगमनको नाममा राज्यका सम्बन्धित निकाय २/४ दिन बहाना बाजी गरेर मौन बस्ने गरेको पनि पिडितहरुको गुनासो रहेको छ। यसरीनै शैक्षिक क्षेत्र जस्तो पबित्र क्षेत्रमा सिन्डिकेट बढ्दै जाने हो भने सुनौलो भबिष्यको परिकल्पना गर्ने बच्चा बच्ची र उनीहरुका अभिभावकले सफल र सम्बृद्ध भविष्यको सपना देख्न सक्दैनन् | त्यसैले जिम्मेवार निकाय हरु चुप लगेर बस्नु भन्दा आजै समस्याको समधान खोज्न तिर लाग्ने कि ?

Share.

Comments are closed.

error: Content is protected !!