ललितपुरको लुभुबाट लगनखेल गइरहेको यात्रुबाहक बस पल्टिदा १६ यात्रु घाइते

0

बैशाख ४, काठमाडौँ : ललितपुरको लुभुबाट लगनखेल गइरहेको यात्रुबाहक बस दुर्घटना हुँदा १६ यात्रु घाइते भएका छन् । बा २ ख ८६४ नम्बरको सार्वजनिक बस अनियन्त्रित भइ इमाडोलमा दुर्घटना हुँदा चालक सहित १६ जना घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरी परिसर ललितपुरका डिएसपी नरेन्द्र चन्दका अनुसार बसका चालकको बी एण्ड बी अस्पतालमा उपचार भइरहेको छ भने अन्यको उपचार किष्ट अस्पतालमा भइरहेको छ। तिब्र गतिको बसले नियन्त्रण गुमाउँदा अचानक पल्टिएको हो ।

घाइतेमध्ये ९ जना सख्त घाइते भएका किष्ट मेडिकल कलेजका चिकित्सक सुरज बज्राचार्यले बताए। उनका अनुसार ३ जनाको शल्यक्रिया भइसकेको छ। उनले भने, घाइते यात्रुका हाड जोर्नी भाँचिएका छन्।

Share.

Comments are closed.

error: Content is protected !!