‘रोजी’ को हत्या आरोपमा अदालत पुगे युवास्टार प्रदीप [हेर्नुहोस् भिडियो]

0

पिएनपिखबर, भक्तपुर। नायक प्रदीप खड्काले आफ्नो प्रेमिका रोजी राणाको हत्या गरेका छन् । सोही हत्याको कारण उनलाई बुधवार अदातल उपस्थित गराइएको थियो । जहाँ प्रदिप अलि फरक देखिए । चकलेटी हिरोमा गनिने प्रदीप अदालतमा पुग्दा लामो कपाल, उस्तै पहिरन र केही फोहोरी भएर पुगेका थियो । अदालतमा उनी एक्लै थिए , केही बेरमा दुई नायिका परमिता राणा र मेरुना मगर देखिए । केहीबेर उनीहरू बिच कानेखुसी पनि भयो ।

नझुक्निु होला हामी चलचित्र ‘रोजी’को छायाङ्कनको कुरा गरिरहेका छौ । जहाँ प्रदीप हत्याराको भूमिका छन् । बुधवार यही चलचित्रको शुभमुर्हत गरिएको थियो । बालाजुस्थित एनएफडिसीमा अदातलको सेट बनाएर चलचित्रको छायाङ्कन गरिएको थियो । चकलेटी हिरोमा देखिने प्रदीप अदालतमा उपस्थित हुँदा निकै दया लाग्दो अवस्थामा देखिएका प्रदिपको यो मौनता लामो समय टिकेन ।

नायिकाद्वय परमिता राणा र मेरुना मगर लगायतको यूनिटका बिचमा यूनिक देखिएका प्रदिप ‘रोजी’को छायाङ्कनमा अहिलेसम्मकै भिन्न रोलमा देखिँदैछन् ।

चलचित्र जगत क्षेत्रमा नायक प्रदिप खड्का एकदम डिमाण्डेड छन् । उनलाई लिएर निर्माता-निर्देशक चलचित्र बनाउन लालयित छन् । प्रदिपलाई लिएपछि हलमा दर्शकको उपस्थिती बाक्लो हुन्छ भन्ने सोच उनीहरुको छ । सोचे अनुसार जब प्रदिप अभिनित फिल्म लाग्छ तब हल पनि हाउसफुल हुने गर्दछ।

लगातार ‘प्रेमगीत र प्रेमगीत २’ मा काम गरेपछि चर्चाको शिखरमा पुगेका नायक खड्का अहिले चलचित्र ‘रोजी’को सुटिङ्गमा व्यस्त छन् । नेपालको चर्चित ब्यानर गोपिकृष्ण मुभिजको नयाँ चलचित्र ‘रोजी’ मा निकै भिन्न रुपमा प्रस्तुत भएका छन्।

यो चलचित्रलाई निरक पौडेलले निर्देशन गरेका छन् । निरकले चलचित्र ‘कुसुमे रुमाल २ र होमवर्क’ निर्देशन गरिसकेका छन् ।

हेर्नुहोस् भिडियो :

Share.

Comments are closed.

error: Content is protected !!