यी हुन् ११ साउथ स्टारका सबैभन्दा बढी कमाएको बलिउड फिल्म

0

एजेन्सी : साउथ फिल्ममा केही यस्ता स्टार छन्, जसले बलिउड फिल्ममा समेत काम गरेका छन् । जसका बलिउड फिल्म समेत हिट भएका छन् । यही सूचीमा छिन् काजल अग्रवाल ।

भर्खरै आएको उनको साथ फिल्म ‘मर्सेल’ मा काजलले विजयसँग स्क्रिन शेयर गरेकी छन् । फिल्मले वल्र्डवाइड २०० करोड कमाएको छ । जान्नुहोस् यी साउथस्टारका बारेमा, जसका बलिउड फिल्म समेत हिट भएका छन् ।

१. काजल अग्रवाल

काजल अग्रवालले साथ सिनेमा चर्चा कामाएपछि बलिउडमा समेत पाइला राखिन् । ‘स्पेशल २६’ २०१३ र ‘सिंघम’ २०१० जस्ता हिन्दी फिल्ममा काम गरिसकेकी छन् । ‘सिंघम’ ९३।३८ करोड कमाएको थियो । साउथमा उनले ‘मगधिरा’ २०१०, ‘थुप्पाकी’ २०१२, ‘चन्दामामा’ २००७ जस्ता फिल्ममा काम गरिसकेकी छन् ।

२. राणा दग्गुबती

राणा दग्गुबतीले बलिउड फिल्म ‘दम मारो दम’ २००१, डिपार्टमेन्ट’ २०१२, ‘बेबी’ २०१३, ‘द गाजी अट्याक’ २०१७ मा काम गरेका छन् । उनले साथ फिल्म ‘लिडर’ २०१०, ‘नेनु न राक्षसी’ २०११, ‘अर्रम्बम’ २०१३, ‘रुद्रमादेवी’ २०१५ लगायतका फिल्ममा काम गरेका छन् । बलिउडमा सबैभन्दा ज्यादा कमाई गर्ने फिल्म ‘बेबी’ ले ९३।३८ करोड कमाएको थियो ।

३. सिद्धार्थ

सिद्धार्थले बलिउड फिल्म ‘रंग दे बसन्ती’ २००६, ‘स्ट्राइकर’ २०१०, ‘चश्मे ब्रदर’ २०१३ लगायतका फिल्ममा काम गरेका छन् । उनले साथ फिल्म ‘कन्नाथिल मुथामित्तल’ २००२, ‘आयीथा एजहुथु’ २००४, ‘ओ माइ फ्रेन्ड’ २०११, ‘बादशाह’ २०१३ लगायतका फिल्ममा काम गरेका छन् । उनको सबैभन्दा बढी कमाउने फिल्म ‘रंग दे बसन्ती’ हो । यो फिल्मले २०१।३ करोड कमाएको थियो ।

४. इलियाना डीक्रुज

इलियानाले बलिउड फिल्म ‘बर्फी’ २०१२, ‘फटा पोस्टर निकला हिरो’ २०१३, ‘मै तेरा हिरो’ २०१४, ‘ह्याप्पी इन्डिङ’ २०१४, ‘रुस्तम’ २०१६ लगायतका फिल्ममा काम गरेकी छन् । उनले साउथ फिल्म ‘जलसा’ २००८, ‘किक’ २००९, ‘शक्ति’ २०११, ‘सलीम’ २००९ लगायतका अन्य फिल्ममा काम गरेकी छन् । उनको सबैभन्दा बढी कमाउने बलिउड फिल्म ‘रुस्तम’ हो । यो फिल्मले १२४।४ करोड कमाएको छ ।

५. असिन

असिनले बलिउड फिल्म ‘गजनी’ २००८, ‘लण्डन ड्रिम्स’ २००९, ‘रेडी’ २०११, ‘हाउसफुल २’ २०१२ लगायतका फिल्ममा काम गरेकी छन् । उनले साथ फिल्म ‘शिवमणी’ २००३, ‘गजनी’ २००५, ‘माजा’ २००५, ‘अलवर’ २००७ लगायतका फिल्ममा काम गरेकी छन् । उनको सबैभन्दा बढी कमाउने बलिउड फिल्म ‘गजनी’ हो । यो फिल्मले ११४।१ करोड कमाएको थियो ।

६. श्रुती हासन

श्रुतीले बलिउड फिल्म ‘लक’ २००९, ‘दिल तो बच्चा है जी’ २०११, ‘डी डे’ २०१३, ‘वेलकम ब्याक’ २०१५ लगायतका फिल्ममा काम गरेकी छन् । उनले ‘अनगनगा ओ धीरुदु’ २०११, ‘ओ माइ फ्रेण्ड’ २०११, ‘येवदु’ २०१३, ‘बलुपू’ २०१३ लगायतका साउथ फिल्ममा काम गरेकी छन् । उनको सबैभन्दा बढी कमाउने बलिउड फिल्म ‘वेलकम व्याक’ हो । यो फिल्मले ९५।९२ करोड कमाएको थियो ।

७. श्रिया सरन

श्रियाले बलिउड फिल्म ‘मिशन इस्तानबुल’ २००८, र ‘दृश्यम’ २०१५ मा काम गरेकी छन् । उनले ‘सन्तोषम’ २००२, ‘टैगोर’ २००३, ‘शिवाजीः द बास’ २००७, ‘कन्दस्वामी’ २००९ लगायतका साउथ फिल्ममा काम गरेकी छन् । उनको सबैभन्दा बढी कमाउने बलिउड फिल्म ‘दृश्यम’ हो । यो फिल्मले ६८।६६ करोड कमाएको थियो ।

८. तमन्ना भाटिया

तमन्नाले बलिउड फिल्म ‘हिम्मतवाला’ २०१३, ‘हमशक्ल’ २०१४, ‘इन्टरटेनमेन्ट’ २०१४ मा काम गरेकी छन् । उनले साउथ फिल्म ‘केडी’ २००५, ‘ह्याप्पी डेज’ २००७, ‘अयान’ २००९। ‘सूरा’ २०१०, ‘वीरम’ २०१४, ‘तडाका’ २०१३, ‘बंगाल टाइटर’ २०१५, ‘ओपीरी’ २०१६ लगायतका फिल्ममा काम गरेकी छन् । उनको सबैभन्दा बढी कमाउने बलिउड फिल्म ‘इन्टरटेनमेन्ट’ हो । यो फिल्मले ६४।३ करोड कमाएको थियो ।

९. धुनष

धनुषले बलिउड फिल्म ‘रान्झणा’ २०१३ र ‘षमिताभ’ २०१५ मा काम गरेका छन् । उनले साउथ फिल्म ‘तिरुडा तिरुडी’ २००३, ‘देवाथायई कन्देन’ २००४, ‘पोल्लाधवन’ २००७, ‘मरायां’ २०१३, ‘नैयान्दी’ २०१३ लगायतका फिल्ममा काम गरेका छन् । उनको सबैभन्दा बढी कमाउने बलिउड फिल्म ‘रान्झणा’ हो । यो फिल्मले ६१।६३ करोड कमाएको थियो ।

१०. जेनेलिया डिसूजा

जेनलियाले बलिउड फिल्म ‘तुझे मेरी कसम’ २००३, ‘मस्ती’ २००४, ‘जाने तू या जाने ना’ २००८, ‘फोर्स’ २०११ लगायतका फिल्ममा काम गरेकी छन् । उनले ‘सत्या इन लभ’ २००८, ‘रेडी’ २००८, ‘कथा’ २००९, ‘अरेन्ज’ २०१० लगायतका फिल्ममा अभिनय गरेकी छन् । उनको सबैभन्दा बढी कमाउने बलिउड फिल्म ‘जाने तू या जाने ना’ हो । यो फिल्मले ५५।६२ करोड कमाएको थियो ।

११. कमल हासन

कमलले बलिउड फिल्म ‘एक दुजे के लिए’ १९८१, ‘सनम तेरी कसम’ १९८२, ‘यो तो कमाल हो गया’ १९८२, ‘जरा सी जिन्दगी’ १९८३ लगायतका फिल्ममा काम गरेका छन् । उनले साउथ फिल्म ‘अग्नीसाक्षी’ १९८२, ‘पोइक्कल कुथिराइ’ १९८३, ‘इनककुल ओरुवन’ १९८४, ‘विक्रम’ १९८६, ‘कादल परीसु’ १९८७ लगायतका फिल्ममा काम गरेका छन् । उनको सबैभन्दा बढी कमाउने फिल्म ‘चाची ४२०’ हो । यो फिल्मले ११।४२ करोड कमाएको थियो ।

Share.

Comments are closed.

error: Content is protected !!