यसरी तयार हुँदैछ प्रदेश राजधानीको पूर्वाधार

0

काठमाडौं,१३ माघ : प्रदेशको अस्थायी राजधानी तोकिएका सात सहरमा यतिबेला भौतिक पूर्वाधार तयारी तीव्र पारिएको छ। प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्रीहरू, सभामुखको निवास तथा कार्यालयका साथै मन्त्रालयका लागि आवश्यक भौतिक संरचनाको खोजी तथा मर्मतसम्भारले प्रेदश राजधानीमा चहलपहल बढेको छ।

सरकारले प्रदेश नं. १ को अस्थायी राजधानी मोरङको विराटनगर, २ को अस्थायी राजधानी धनुषाको जनकपुर, ३ को अस्थायी राजधानी मकवानपुरको हेटौंडा र ४ को अस्थायी राजधानी कास्कीको पोखरा तोकेका छ।

यसैगरी प्रदेश नं. ५ को अस्थायी राजधानी रुपन्देहीको बुटवल, ६ को अस्थायी राजधानी सुर्खेतको वीरेन्द्रनगर र ७ को अस्थायी राजधानी कैलालीको धनगढीलाई तोकिएको छ। सम्बन्धित जिल्लाको प्रशासनिक संयन्त्र प्रदेश राजधानीलाई आवश्यक भौतक संरचना व्यवस्थापनमा खटिएको छ।

अस्थायी राजधानी भनिकाएकाले र समय पनि कम भएकाले नयाँ संरचना निर्माण नभइ भइरहेका संरचनालाई मर्मतसम्भार गरी काम चलाउने तयारी छ। यसका लागि सम्बन्धित सहरमा रहेका विभिन्न सरकारी भवनहरूलाई प्रयोगमा ल्याइने भएको छ। ती भवनमा आवश्यक मर्मतसम्भार, रंगरोगनको कार्य तीव्र पारिएको छ। सँगसँगै फर्निचर जडानको काम पनि भइरहेका सम्बन्धित जिल्ला प्रशासनका अधिकारीले जानकारी दिएका छन् ।

– नागरिक दैनिक

Share.

Comments are closed.

error: Content is protected !!