मोटरसाइकल दुर्घटना हुँदा झाको मृत्यु

0

राजविराज, २ असोज: मोटरसाइकल दुर्घटनामा परी आज यहाँ एक जनाको मृत्यु भएको छ । राजविराज–सखडा सडकअन्तर्गत सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ मा मोटरसाइकल दुर्घटना हुँदा सोही नगरपालिका–२ का ३५ वर्षीय चालक अशोक झाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

राजविराजबाट सखडातर्फ जाँदै गरेको को२५प ४३८१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाईते भएका झाको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
रासस

Share.

Comments are closed.

error: Content is protected !!