मंगल ग्रहमा जीवन सम्भव भएको दावी, वैज्ञानिकहरुले गरे यो विशेष प्रविधिको तयारी

0

पिएनपिखबर, भक्तपुर : वैज्ञानिकहरु पृथ्वीको जस्तो मिल्ने-जुलने ग्रह मंगलमा हुने जीवनको खोजमा जुटिरहेका छन्।अमेरिकी स्पेस एजेन्सी नासा लागायत संसारको कयौ देशको स्पेस एजेन्सी यस कार्यमा करोडौ रुपैया खर्च गरेर जुटीरहेका छन्। मंगल ग्रहमा जीवन सम्भंव रहेको धेर्रैपटक वैज्ञानिकले दाबी गरिसकेका छन् र यसको खोज अझै जारी छ।

हालैमा ‘पुर्तगालको यूनिवर्सिटी अफ पोर्टो’ र पेरिसको ‘इकोल पोलीटेक्निक’को शोधकर्ताहरुले गरेको मंगलमा जीवन रहन सक्ने विषयको अनुसन्धान सफल भएको छ जसको लागि एक खास प्रविधि विकसित गरिएको छ जुन मंगलमा जीवन स्थापित गर्न सहज हुनेछ।

शोधकर्ताको अनुसार उनीहरुद्वारा मंगल ग्रह माथि रहेको कार्बन डाईअक्साइडलाई अक्सिजनमा परिवर्तन गर्ने दावी गरेका छन् जसमा प्लाज्मा प्रविधिको प्रयोग यसरी गरिनेछ।

कम तापक्रमको पाल्ज्मा, प्रत्यक्ष इलेक्ट्रन प्रभाव र इलेक्ट्रन ऊर्जालाई कम्पोनिक उत्तेजनामा रुपान्तरित गरेर दुवै माध्यमबाट कार्वन डाईअक्साइड र कार्बन मोनो अक्साइडको अणुहरुमा फुटाउन सकिन्छ जुन एउटा राम्रो विकल्प रहेको उनीहरुको भनाइ छ।

मंगल ग्रहमा अमेरिकी स्पेस एजेंसी नासा यस वर्षको अन्त्यसम्म आफ्नो लक्ष्य मगलयानको सिलसिलामा केहि वैज्ञानिकलाई पठाउने वाला थियो तरएलियन हमलाले ज्यान जाने खतरालाई मध्यनजर गर्दै यस मिसनलाई केहि समयको लागि पोस्टपोन गरिएको छ।

Share.

Comments are closed.

error: Content is protected !!