बेबी तिम्रो उमेर नै कति भएको छ र भन्दै श्रीमानले गराए ५ पटकसम्म गर्भपतन, ७ बर्षपछि पत्ता लाग्यो श्रीमानको यस्तो रहस्य

0

पिएनपिखबर : यो घटना अगराको ताजगंज इलाकाको हो। पिडित मोना र उनको प्रेमी राकेश सिकरवारसंग एक साथीको माध्यमद्वारा भेट भएको थियो। राकेश गाइडको काम गर्ने गर्थ्यो।

मित्रतापछि बिस्तारै दुइजनाको सम्बन्ध प्रेममा परिवर्तन भयो। सम्बन्धमा रहंदा राकेशले होटेल लगेर शारीरिक सम्बन्ध बनाउने कोशिस गर्थ्यो तर मोनाले अस्विकार गरेपछि नजिकैको मन्दिरमा गएर बिबाह बन्धनमा बाधिए।

केहि दिन बैबाहिक जीवन राम्रै चल्यो। केहि समयपछि राजेशले गाइडको काम छोडेर मसाज सेन्टर खोल्यो। राजेशको स्वभावमा परिवर्तन आउन थाल्यो। संका लाग्न थालेपछि मोनाले उनको मोबाइल चेक गर्न थाले। तब मोना छाँगाबाट खसे जस्तै भयो। बिबाह भएको ७ बर्षपछि थाहा भयो श्रीमान त पहिलादेखि बिबाहित रहेछन साथै २ जना बच्चा पनि रहेछन।

७ बर्षको बैबाहिक जीवनमा उनि ५ पटक गर्भवती भईन तर श्रीमानले हरेक पटक तिम्रो उमेर नै कति भएको छ र भन्दै गर्भपतन गर्न लगाउथे। जब उनि मसाजसेन्टरमा चेक गर्न गईन तब श्रीमानलाई परस्त्रीसंग आपत्तिजनक अवस्थमा फेला परे। जब मोनाले बिरोध गरे। राजेशले उनको ब्लेटले उनको हात काटिदिए। स्थानीयको सहयोगमा उनि हस्पिटल पुगे। अहिले राजेशको नाममा उजुरी भैसकेको छ भने प्रहरीले अनुसन्धान पनि थाली सकेका छन्।

Share.

Comments are closed.

error: Content is protected !!