बिहानै लामो श्वास लिदा स्वास्थ्यलाई हुन्छ फाईदै-फाईदा

0

एजेन्सी : हामीहरू तनावमा हुँदा हामीलाई मान्छेले लामो श्वास लिनुस् भनी सल्लाह दिन्छन् । बेस्सरी रिस उठेका बेलामा यस्तो उपदेश सुन्दा झर्को लागेर आउँछ । तर हालै गरिएको वैज्ञानिक अनुसन्धानले यसरी गहिरो श्वास लिनु स्वास्थ्यका लागि लाभदायक हुने बताएको छ ।

विपश्यना ध्यान गर्दा श्वासमा विचार पु-याइन्छ र त्यसले शरीरलाई धेरै फाइदा दिन्छ । त्यसैगरी हमीले दैनिक जीवनमा बिहानै उठेर लामो श्वास लिनुका धेरै फाइदा देखिनेछन् ।

दिमागमा शान्ती 

अत्यधिक तनाब र चिन्ताले विभिन्न स्वास्थ्य समस्या उत्पन्न हुन्छ । गहिरो श्वास लिँदा दिमागमा अक्सिजनको आपूर्ती बढाउँछ र चिन्ताको मात्रा घट्नुका साथै शरिरलाई आनन्द र प्रफुल्ल बनाउँछ ।

अंगहरुको मसाज 

गहिरो श्वास प्रश्वासको व्यायामले मुटु, पेट, लिभर, साना आन्दालाई मसाज गरिदिन्छ र ती अंगमा रक्तप्रबाह गरिदिन्छ ।

तनाबबाट मुक्ति 

गहिरो श्वासले शरिरमा अक्सिजनको प्रबाह बढाउछ र तनाब, चिन्ता र त्रास घटाउँछ ।

बिष निष्काशन 

श्वासप्रश्वासबाट मानिसको शरिरबाट ७० प्रतिशत भन्दा बढी खराब तत्व निस्कासन गरिदिन्छ ।

Share.

Comments are closed.

error: Content is protected !!