बिना पब्लिसिटी भक्तपुरमा सुटुक्क खोलियो भेस्पा र अप्रिला व्राण्डको स्कुटर शोरुम

0

पिएनपिखबर: सुर्यविनायक,भक्तपुरमा पहिलो पटक भेस्पा र अप्रिला व्राण्डको स्कुटरको शोरुम खोलिएको छ।

भेस्पा र अप्रिला व्राण्डको स्कुटर नेपाली बजारमा डी लाइफस्टाईल प्रालिले भित्र्याउँदै आएको छ ।

नेपालमै सबैभन्दा महंगो मानिएको भेस्पा र अप्रिला व्राण्डको स्कुटरको शोरुम भक्तपुरमा यँही नँया वर्षदेखि संचालनमा आएको हो।

भक्तपुर जिल्लामा पछिल्लो समय महंगो स्कूटरको माग बढे पछि आफूहरुले भेस्पा र अप्रिला व्राण्डको स्कुटरको शोरुम खोल्ने निर्णय गरेको भक्तपुर भेस्पा र अप्रिला स्कुटर शोरुमका सञ्चालक बिभाव कार्कीले जानकारी दिए ।

अरु व्राण्डको स्कुटर भन्दा भेस्पा र अप्रिला व्राण्डको स्कूटर महँगो भएकोले यसको मुख्य बजार आर्थिक अवस्था राम्रो भएका युवाहरु नै हुन्। साथै अहिलेको समयमा वाईकको तुलनामा स्कूटर प्रयोग गर्नेहरुको संख्या पनि ह्वात्तै बढेको छ ।

धनाढ्यका छोराछोरी र नेपाली सेलिव्रेटीहरुले यी व्राण्डका स्कूटरलाई पहिलो रोजाई बनाउदै आएको कार्कीले दावी गरे ।

भेस्पा र अप्रिला व्राण्डका स्कुटरले अन्य स्कूटरको तुलनामा राम्रो माइलेज दिने कार्कीको भनाई छ ।

‘नेपालमा राम्रो व्यक्तित्व भएका ग्राहकहरुले भेस्पा र अप्रिला व्राण्डको स्कुटर प्रयोग गरिरहनुभएको छ,’ कार्कीले भने, ‘यो निकै आकर्षक र बलियो छ ।’

युरोपको चर्चित तथा विश्वकै उत्कृष्ट रेसिङ्ग बाईक अप्रिला र भेस्पाले नेपालीहरुको नँया वर्ष २०७५ साललाई लक्षित गरेर “ नँया वर्ष वाउ नान्जा योजना’’ ल्याएको हो । यो योजना वैशाख १५ गते सम्म रहने छ।

यो उपहार योजना अन्तर्गत ग्राहकहरुले अप्रिला र भेस्पा व्राण्डको स्कुटर किन्दा १८ हजार देखि ३२ हजारसम्मको एसेसोरिजहरु पाउने कम्पनीले जनाएको छ।

कम्पनीले स्कुटरमा फाईनान्स तथा एक्सचेन्जको सुविधा समेत उपलब्ध गराएको छ । एक्सचेन्ज अफरमा १० हजार बराबरको फाइनान्सिङ् गरिने छ।

साथै अप्रिला र भेस्पा व्राण्डले ल्याएको बम्परमा विदेश भ्रमणको पनि अफर रहेको छ। स्कुटर किन्ने ग्राहक मध्यबाट लक्की ड्र मार्फत छानिएका ७ जना जोडीले थाइल्याण्ड घुम्न जान पाउने छन्।

Share.

Comments are closed.

error: Content is protected !!