बरुणलाई भेट्न घरबाट भागिन् युवती

0

एजेन्सी : बैशाख ४, कलाकारहरुको सफलता भनेकै दर्शकहरुको माया र प्रशंसा हो। यदि दर्शकले माया नगर्ने हो त कलाकारहरु सफल हुन् सक्दैनन। त्यसैलेत सेलीव्रेटीहरुका लागि उनीहरुका फ्यानहरुले हदैसम्मको काम गर्न पनि पछि पर्दैनन् ।

त्यसैको पछिल्लो उदाहरण बनेका छन् बलिउड अभिनेता वरुण धवन । हाल वरुण अभिनित फिल्म ‘अक्टोबर’ प्रदर्शनमा छ । फिल्मले राम्रो सफलता हासिल गरेको छ । यसै फिल्मबाट वरुणले दर्शकको प्रशंसा पनि राम्रोसँग बटुलिरहेका छन् ।

यस्तैमा बरुणलाई भेट्न चाहने एक युवती घरबाट भागेकी छिन् । वरुणलाई भेट्नका लागि उनको घरअगाडि दुई दिनसम्म बसीरहिन् । उनलाई सुरक्षागार्डहरुले हटाउन खोज्दा पनि उनी मानिनन् । उनी बरु उल्टै चिच्याउने र कराउन थालिन् । बरुण नआएसम्म उनी त्यहाँबाट नजाने भन्दै अडिग भइन् । जब प्रहरी आएर उनलाई सोधपुछ गर्न थाल्यो अनि थाहा भयो उनी बरुणलाई भेट्नका लागि आफ्नो घरबाट भागेर आएकी रहिछिन् । गुजरातको सुरत घर भएकी ती युवती वरुणलाई भेट्न भनेर घरबाट भागेर मुम्बई आएकी हुन् ।

ती युवतीका परिवारले उनी हराएको रिपोर्ट प्रहरी कार्यालयमा समेत लेखाएका थिए । प्रहरीले समेत उनलाई त्यहाँबाट घर फर्काउन प्रयास गरे पनि ती युवती वरुणलाई नभेटी त्यहाबाट जान मानिनन् ।

बरुणद्वारा अभिनित फिल्म ‘अक्टोबर’ अहिले प्रदर्शनमा छ भने उनी हाल फिल्म ‘सुई धागा’ को छायाँकंनमा व्यस्त छन् ।

Share.

Comments are closed.

error: Content is protected !!