बम डिस्पाेजल टाेली नपुग्दा स्थानियवासी आक्रोशित

0

अपडेट :
मोरङ, ४ वैशाख :
पूर्व पश्चिम राजमार्ग अन्तर्गत मोरङ्गको सुन्दरहरैचा ३ स्थित गछिया पुलमा शंकास्पद बस्तु फेला परेपछि बम रहेको आशंकामा यातायात अबरुद्ध बनेको छ । बम रहेको हल्लाका कारण मंगलबार विहान ३ बजे देखि सवारीसाधन अवतजावत ठप्प भएको छ ।

सो स्थलमा प्रहरीको उपस्थिति रहेको छ भने नेपाली सेनाको बम डिस्पोजल टोली आईनसकेको र सो शंकास्पद बस्तु के हो भन्ने पत्ता नलागेको प्रहरीले जनाएको छ । डिस्पाेजल टाेली नपुग्दा स्थानियहरू आक्रोशित भएका छन् । विहान ३ बजे देखि सवारीसाधन अवतजावत ठप्प भएका कारण इटहरी देखि पुर्व ४ कि.मि. गाेठगाउँ देखि पश्चिम ३ कि.मि. सडक जाम भएको छ । पुर्बेलिन्युज

 

Share.

Comments are closed.

error: Content is protected !!