प्रदेश १ मा अनलाईन पत्रकार मञ्चको गठन

0

रबिन्द्र बराल/ विराटनगर, ४ वैशाख : एक नम्मर प्रदेशका १० जिल्लामा बसेर अनलाईन संञ्चारमाध्याममा काम गर्ने श्रमजिवी पत्रकारहरुले विराटनगरबाट समिति गठन गरेका छन । उनिहरुले पत्रकार गोपाल पोखरेलको संयोजकत्वमा अनलाईन पत्रकार मञ्च गठन गरेका हुन । अनलाइन संयोजकमा एक बर्षे कार्यकाल रहनेगरी तदर्थ समीती गठन गरेका हुन ।

सदस्यहरुमा ताप्लेजुङबाट सन्तोस पुकुर्टी, पाँचथरबाट जितेन्द्र भण्डारी, झापाबाट सुदिप अधिकारी , भुमिराज पराजुली , उदयपुरबाट खुसीलाल चौधरी , सुनसरीबाट तेजबहादुर वन, अर्जुन सुवेदी , संखुवा सभाबाट बाबुराम बस्तोला, तेरथुमबाट प्रकाश फाक्सावा, ओखलढुङगाबाट माधवराज काफले, भोजपुरबाट दुर्गा दिक्षीत , खोटाङबाट केदार मगर, माेरङ उर्लाबारीबाट तेजन खड्का, पथरीबाट गोपाल काफ्ले , रंगेली रविन्द्र बराल, विराटनगरबाट धिरज दाहाल, दर्बेशाबाट यज्ञ अधिकारी , विराटनगरबाट आशिस भट्टराई छन ।

त्यसैगरी सल्लाहाकारमा अनन्तराज न्यौपाने, शेखर रेग्मी , शंकर खरेल, मिनकुमार नवोदीतछन । सल्लाहाकार सदस्यता थप अवाश्यकता अनुसार अघाडि बढाईने छ । मञ्चले पत्रकारहरुको हकहितका लागी बोल्ने छ । अनलाईनमा काम गर्दै आएका पत्रकारहरुको क्षमता अभिबृद्धि गर्ने र अनलाईन पत्रीकाले पारीश्रमीक निर्धारण समीतीले तोकेको तलब सुविधा नदिएको खण्डमा दबाब दिएर कार्यान्वयन गर्न लगाउने । अनलाईन पत्रीकामा कार्यरत पत्रकारलाई पारीश्रमीक निर्धारण समीतीले तोकेका तलब सुविधा उपलब्ध गराउन सम्बन्धीत पक्षलाई दबाब दिने छ ।

Share.

Comments are closed.

error: Content is protected !!