प्रदिपलाई २ युवती फ्यानले दिए यस्तो सरप्राइज ! [भिडियोसहित]

0

चलचित्र लिलिबिली चैत ३० गतेबाट हलहरुमा प्रदर्शनमा आइरहेको छ। नायक प्रदीप खड्काको स्टारडमका कारण चल्ने अनुमान गरिएको चलचित्रको कथालाई पनि दर्शकले उत्तिकै मन पराएका छन्।

चलचित्रको मुख्य भूमिकामा प्रदीप खड्का र नवनायिका जसिता गुरुङले अभिनय गरेकी छिन्। चैत ३० गतेबाट प्रदर्शनमा आएको चलचित्र लिलिबिली हेर्न पुगेका २ युवतीले प्रदिपलाई सरप्राइज दिएका छन् ।

चलचित्र हेर्न हलमै पुगेका उनीहरूले शुभकामना सहितको केक दिएर प्रदिपलाई सरप्राइज दिएका हुन् । चलचित्र लिलिबिलीको सफलताको कामना गर्र्दै २ युवतीले नायक प्रदिप खड्कालाई शुभकामना दिएका हुन् ।

दुई युवती प्रदिपको एक फ्यान पेजबाट लक्की विजेता भएर प्रदिपसँग डेटमा आएका हुन्। आफ्नो स्टार प्रदिपलाई भेट्दा यी दुई युवती निकै खुशी देखिन्छन् भने खुशी व्यक्त पनि गरे। प्रदिपसँग कुरा गर्दै उनीहरूले ल्याएका उपहार पनि दिए र कुराकानी पनि गरे।

भिडियोमा हेर्नुहोस् उनीहरूसँग प्रदिपको कुराकानी र के के दिए त प्रदिपलाई उपहार:

Share.

Comments are closed.

error: Content is protected !!