Monday, May 28

पार्टी एकताबारे रवीन्द्र मिश्रले लेखे – ‘शक्ति बदलियो, सोच र आचरण बदलिएको छैन’

0

काठमाडौं, जेठ ४: नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता घोषणा भएसंगै विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले एमाले र माओवादी केन्द्रको एकताबाट शक्ति बदलिए पनि सोच र आचरण नबदलिएको भन्दै टिप्पणी गरेका छन् ।

उनले शुक्रबार बिहान सामाजिक संजालमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता घोषणालाई लिएर ट्विट गर्दै भनेका छन्, ‘एमाले माओवादी एकता प्रकरण : शक्ति बदलियो, सोच र आचरण बदलिएको छैन ।’

उनले लेखेका छन्, ‘पात्र तिनै हुन्, प्रवृत्ति तिनै हुन्, खराब प्रवृत्तिहरु एक ढिक्का हुँदा त्यो झन् जब्बर बन्न सक्छ ।’ उनी एकतालाई लक्षित गर्दै थप्छन, ‘प्रवृत्तिहरू एक ढिक्का हुँदा त्यो झन् जब्बर बन्न सक्छ। यो एकताले सबैका खराब प्रवृत्तिलाई इतिहास बनाइदेओस् र असल प्रवृत्ति उजागर गरोस् – नेपालको जय होस्! धेरैधेरै शुभकामना!’

Share.

Comments are closed.

error: Content is protected !!