Monday, May 28

पहिलो चोटी मिडियामा प्रियंकाले बताइन् आफ्नो पारिश्रमिक

0

एजेन्सी। हलिवुडमा आफ्नो जलवा देखाईसकेकी प्रियंका चोपडा छिट्टै नै सलमान खानसँग ‘भारत’ नामक चलचित्रमा एकै पर्दामा देखिदै छिन्। प्रियंका बलिवुड कि यस्ती अभिनेत्री हुन् जसले हलिवुड सिरियल देखि फिल्ममा अड्डा जमाईसकेकी छीन्। भर्खरै मात्र एक मिडियामा प्रियंकाले यस्तो मुद्दामा बोलेकी छिन् जुन अक्सर बलिवुड अभिनेत्रीहरुलाई प्रश्न गरीराखिन्छ ।

प्रियंका चोपडा यति खेर ‘क्वांटिको’ सीजन ३ मा अभिनित छिन्। यसै क्रममा उनी मेडियामा देखा परिन्। एक मेडियाकर्मीले प्रियंकालाई सोधे,’हलिवुड र बलिवुडले एकअर्कासँग के कुरा सिक्न जरुरि छ ? ‘

उक्त प्रश्नको जवाफ प्रियंका चोपडाले यसरी दिइन्। उनले भनिन् ,’मलाई लाग्दैन कि कुनै इन्डस्ट्रीले अरुबाट केहि सिक्न जरुरत छ। परिवर्तन त सधै जुन देशमा काम गरिन्छ उनीहरुबाटै हुनुपर्दछ। ‘ जवाफ दिइसकेपछि प्रियंकाले मिहिनेतको प्रसंग निकालिन्। उनले भनिन्, ‘मिहिनेत त दुवै इन्डस्ट्रीमा उतिक्कै हुन्छ र मैले देखेको पनि यहिँ हो। त्यहिँ अनुसार पारिश्रमिक पनि उस्तै हुन्छ। ‘

तपाईहरु सबैलाई जानकारी होला की यो भन्दा अघि पनि प्रियंकाले आफ्नो दमदार उत्तर दिइसकेकी छिन्। अहिले उनी बलिवुडमा कमै देखि रहेकी छिन्।

पछिल्लो समय प्रियंका ‘जय गंगाजल’ फिल्ममा देखा पार्की थिइन् जसमा उनको अभिनयको निकै तारिफ भएको थियो।

Share.

Comments are closed.

error: Content is protected !!