नेपालको सुरक्षा संयन्त्र माथि मोदी कमान्डोको चुनौती! के नेपाली सुरक्षाकर्मी कमजोर छन्?

0

काठमाडौँ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण यतिबेला राजनीतिक वृत्त देखी सर्वसाधारण जनतासम्म चर्चाको बिषय बनेको छ। जनस्तरबाट मोदीको नेपाल भ्रमण र नेताहरुले देखाएको लम्पसारवादी प्रवृत्तिको चौतर्फी आलोचना हुदै गर्दा भारतीय सुरक्षाकर्मिको नेपाल प्रवेशले नेपाली सेनाको सक्षमता माथि प्रश्न उब्जिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाप्रति भारतीय सुरक्षाकर्मीको भने चासो बढेको छ।

वैशाख २८ गते बिहान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहारको राजधानी पटना हुँदै जनकपुर प्रवेश गर्ने कार्यक्रम रहेको छ। उनको सुरक्षाका लागि भारतीय सुरक्षाकर्मीले पाँच घेराको सुरक्षा योजनासमेत तयार पारेको छ। उनको सुरक्षामा जनकपुरमा मात्रै ७ हजार सुरक्षाकर्मी परिचालन हुनेछन। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अनुसन्धान विभागका अधिकारी तथा मोदीको नजिकको घेरामा भारतीय कमान्डो रहने गरी पाँच घेराको सुरक्षा योजना बनेको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सुरक्षा दिन वायुसेनाको चार्टर विमानमा सुरक्षा सामग्रीसहित करिब ४ दर्जन सुरक्षाकर्मी र दुइटा बुलेट प्रुफ लेमोजिन कार मंगलबार बिहान काठमाडौं आइसकेको छ । काठमाडौँमा राखिने यी दुईवटै कार मोदीको सवारीको लागि प्रयोग गरिनेछ।

नेपाली सेना दक्षीण एसियाको सबै भन्दा पुरानो सेना हो, यो सेना नेपाल एकिरणको शुरूवात सँगै बन्न शुरू भएको थियो। यसका संस्थापक राजा पृथ्वी नारायण शाह थिए। मोदीको नेपाल भ्रमणको लागि कारका चालक दलका १६ सदस्य र ४४ सदस्यीय सुरक्षा कमान्डो नेपाली सेनासँगको सहकार्यमा मोदीलाई छुट्टै घेरामा रहेर सुरक्षा दिने जानकारीमा आएको छ । यसले नेपाली सेनाको मात्रै नभई सिंगो राष्ट्रको सुरक्षा संयन्त्रमा धावा बोलेको छ।

नेपाली सेनाले शान्ती स्थापनाका लागि राष्ट्रसंघिय शान्ती स्थापना मिसनमा लामो समयदेखि सहकार्य रहिआएको छ। नेपाली सैनिकले उनिहरूको सैनिक दक्षताका लागी विश्वव्यापी स्याबासी बटुलेका छन। नेपाल संयुक्त राष्ट्रसंघलाई सैनिक सहयोग गर्ने राष्ट्रमध्य चौथो प्रमुख राष्ट्र पनि हो। भारतीय सुरक्षाकर्मीको मोदीको सुरक्षालाई लिएर भारतीय सुरक्षाकर्मिको नेपालमा सक्रियता देखेर नेपाली सेनाको विश्वसनीयतामा शंका गर्ने बाटो निक्लिएको छ।

नेपाली सैनिकहरूले आफ्नो ज्यानको बाजी लगाएर पनि राष्ट्रसंघको मिसनलाइ टेवा दिएका इतिहास साक्षि छ। मोदीको सुरक्षाको लागि बिशेष कमान्डो ल्याउनाले नेपाली सेनाले विश्वमा शान्ति स्थापना गर्न खेलेको महत्वपुर्ण योगदानलाई नजरअन्दाज गरेको भान हुन्छ। नेपाली सुरक्षाकर्मी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सुरक्षा दिन सक्षम छैनन ? गम्भीर रुपमा यो प्रश्न उब्जिएको छ।

राष्ट्रिय सम्पत्तिको सुरक्षा, राष्ट्रिय निकुन्ज तथा वन्य जन्तु सुरक्षामा संलग्न रहदै आएको नेपाली सेनाले बिकास निर्माण तथा प्राकृतीक बिपत्तीमा उद्धारका लागी नेपालको मेरूदण्डको रुपमा काम गरिरहेको छ। नेपाली सेनाको सहकार्यमा मोदीका कमान्डोले उनलाई सुरक्षा दिनेछन। मोदीको सुरक्षामा भारतीय सुरक्षाकर्मिको सहभागिताले आगामी दिनमा अन्य राष्ट्रका राष्ट्रप्रमुख नेपाल भ्रमणमा आउँदा सोहि देशबाट सुरक्षाकर्मिसमेत ल्याउनुपर्ने अवस्था सिर्जना हो भने नेपाली जनताले आफ्नो सुरक्षाकर्मिसंग कसरी बिश्वाश गर्ने ? सवाल खडा भएको छ।

भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण बारे सुरक्षा योजना भारतले नै बनाउनुले नेपाली सुरक्षाकर्मि प्रति जनताको विश्वसनीयता त पक्कै घट्नेछ साथसाथै अन्य मुलुकका राष्ट्र प्रमुख नेपाल भ्रमणमा आउँदा आफ्नै सुरक्षाकर्मि प्रयोग गर्नुपर्ने नकारात्मक संदेश प्रवाह हुन्छ।

बिश्व आतंककारी गतिविधिबाट आक्रान्त भैरहेको समयमा विश्वभरिका सुरक्षा निकायलाई आतंकवादी गतिविधि नियन्त्रण गर्न धौ धौ छ । अहिले सार्क, विमिष्टेक जस्ता क्षेत्रीय र अन्तर्राष्ट्रिय फोरमहरुमा आतंककारी गतिविधि नियन्त्रण मुख्य एजेण्डा बनेको अवस्थामा नेपालमा सुरक्षाको प्रत्याभूति पाउन नसकेर भारत त्यसतर्फ पनि चनाखो भएको पनि हुन सक्छ ।

मुलुकमा सुरक्षा कायम गर्ने मुख्य जिम्मेवारी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको हो । ती निकायहरुका आ–आफ्नै समस्या र बाध्यता छन् । यद्यपि जेजस्तो भएतापानी आगामी दिनमा सरकारले सुरक्षा संयन्त्र को बारेमा दुरदर्शी योजना बनाउनुको साथै अन्य मुलुकलाई सुरक्षाको प्रत्याभूति दिनसक्ने वातावरण बनाउनु जरुरी देखिन्छ ।

Share.

Comments are closed.

error: Content is protected !!