नेकपाको पहिलो केन्द्रीय समिति बैठक अाज

0

काठमाडाैं: पार्टी एकताको भएको ६ दिनपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय समितिको पहिलो पूर्ण बैठक आज बस्दै छ। यही जेठ ३ गते तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकतामार्फत गठित नेकपाले पहिलाेपटक केन्द्रीय समितिकाे पूर्ण बैठक बाेलाएकाे हाे ।

बैठकमा समितिका सबै सदस्यहरूलार्इ अाफ्नाे नागरिकतासहित उपस्थित हुन निर्देशन गरिएकाे छ । मंगलबार पूर्णता पाएको नेकपाकाे केन्द्रीय समितिमा ४ सय ४१ सदस्य र ६ जना स्थायी आमन्त्रित सदस्य रहेका छन्। जसमा पूर्व एमालेबाट २४१ तथा पूर्व माअाेवादीबाट २०० जना रहेका छन् ।

बैठक आज (बिहिबार) दिउँसाे ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी बाेलाइएकाे हाे ।

Share.

Comments are closed.

error: Content is protected !!