दिशा, आलिया र करिनाकोबीच प्रतिस्पर्धा शुरु

0

गर्मि मौसममा नायिकाहरु छोटो लुगा लगाउने गर्दछन । उनीहरु बीच को भन्दा को बढी हट देखिने भन्ने प्रतिस्पर्धा हुन्छ । जबकी करिना कपुरको समर लुक्स फ्यानहरुले मन पराए तर, जब दिशा पटानी र आलिया भट्टको समरलुक आयो, करिना फ्लप भइन् । दिशा र अलियाको अगाडि उनी फिक्का देखिएकी छिन् ।

दिशा यसै पनि फेसन र फिटनेसका लागि कहलिएकी छिन् । ‘बागी २’ सुपरहिट भएपछि त उनीमाथि धेरैको नजर परिरहेको छ । यति नै बेला उनी हरियो रंगको वान पिस ड्रेसमा देखिएकी हुन् । यो स्लीभलेस ड्रेसमा उनी हदै खुलेकी छिन् ।

यता आलिया भट्ट पनि कम छैनन् । उनको कालो बुट्टा भएको सेतो वान पिस ड्रेस सिम्पल तर सुहाउँदो छ । साथै हेयर स्टायलले पनि उनको लुकलाई थप आकर्षक बनाएको देखियो ।

यता करिना कपुर भने स्लीभलेस टिसर्ट र जिन्स पाइन्टको क्याजुअल लुकमा छिन् । यसले खासै धेरैको ध्यान खिच्न सकेको छैन ।

Share.

Comments are closed.

error: Content is protected !!