‘टाइगर जिन्दा हे’पछि सलमान खान फेरी एक्शन रुपमा, ‘रेस ३’ ट्रेलर

0

जेठ २, बलिउड बक्स अफिसका सुल्तान सलमान खानद्वारा अभिनित फिल्म ‘रेस ३’को ट्रेलर सार्वजनिक भएको छ । सलमान खानको यो फिल्म यो बर्षको इदमा रिलिज हुनेछ। यो चलचित्र सिनेमा घरमा २ डी र ३ डी दुइटैमा प्रदर्शन हुनेछ। सलमान खानको यो पहिलो ३ डी फिल्म हो।

यतिमात्र होइन बलिउडका ३ खान मध्य सलमान पहिलो हुन जसको फिल्म ३ डीमा रिलिज हुन्छ। एक्शनले भरिएको ३ मिनेट लामो ट्रेलरमा सलमान खानका साथै अनिल कपूर, बबी देवल,डेजी शाह, ज्याक्लिन फर्ना्न्डिज सकिब सलिम अभिनय रहेको छ ।

Share.

Comments are closed.

error: Content is protected !!