जाडोका कारण १५ जनाको मृत्यु

0

बिस्केक, १२ माघ (रासस÷सिन्ह्वा) : जाडो मौसममा अत्यधिक चिसोका कारण किर्गिस्तानको राजधानीमा १५ जनाको मृत्यु भएको छ । यस जनवरी महिना भरीमा मारिएहरूका ती सबै जना घरबिहीन नागरिक रहेको स्थानीय अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।

शरीरको ताप एक्कासी कम हुने समस्याका कारण उनीहरूको मृत्यु भएको पत्ता लागेको छ । घरबिहीन नागरिकहरूलाई सहयोगका लागि बिस्केकमा चार वटा शिविर स्थापना गरिएका छन् । ती शिविरहरूमा तातो खानेकुरा र प्रत्येक दिन चिकित्सकहरूको प्रत्यक्ष निगरानीको व्यवस्था गरिएको छ ।

प्रहरीले राजधानी शहर बिस्केकमा २३९ जना मानिस घरबिहीन रहेको पाइएको जनाएको छ । किर्गिस्तानमा यही जनवरी २६ देखि २९ सम्म अत्यधिक जाडोले सताउने पूर्वानुमान गरिएको छ । साथै चिसोबाट जोगिन उच्च सतर्कता अप्नाउन पनि आह्वान गरिएको छ । किर्गिस्तानको वायुको तापक्रम रातिमा माइनस २५ डिग्री सेल्सियस र दिउँसोमा माइनस १५ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ ।

Share.

Comments are closed.

error: Content is protected !!