जब ४० लाख रुपैयाँ बराबरको सुन लगाएर आफ्नो बिहेको भोजमा बेहुला पुगे

0

एजेन्सी : मानिसहरु बिहेमा जादा राम्रो लुगा लगाएर जाने गर्दछन । तर आजकल बिहेमा जाने पनि फेशननै भईसकेको छ । विवाहमा कपडा तथा गहनामा मानिसहरुले राम्रै खर्च गर्दछन् । खासगरी बेहुलीका लुगा तथा गहनामा बेहुला पक्षले मोटै रकम खर्चिएको हुन्छ ।

पाकिस्तानमा चाहिँ बेहुली हैन बेहुलाले झण्डै ४० लाख रुपैयाँ बराबरको सुन लगाएर आफ्नो बिहेको रिसेप्सनमा पुगेपछि सबै तीनछक परे । सुनले छाइएका ती बेहुलाको तस्वीर सोसल मिडियामा भाइरल बनिरहेको छ ।

लाहोर सहरको घटना हो यो । त्यहाँ एकजना बेहुला सुनले सजिएका सूट लगाएर आफ्नो बिहे भोजमा सामेल भए । उक्त सूटको मूल्य निकै धेरै थियो किनकि त्यसमा क्रिस्टल समेत लगाइएको थियो । ती बेहुलाले टाई पनि सुनको लगाएका थिए । सुनको टार्इ दश तोला सुनबाट बनेको थियो ।

त्यतिमात्र होइन, ती बेहुलाले जुत्ता पनि सुनकै लगाएका थिए । उनले लगाएका जुत्ता ३२ तोला सुनले बनेका थिए । समाचार अनुसार ती बेहुलाको नाम हाफिज सलान शाहिद हो । उनी एक व्यवसायी हुन् ।

Share.

Comments are closed.

error: Content is protected !!