खोलाले बगाएको बालिका सकुशल उद्धार

0

मनाङ, ४ वैशाख: मनाङ प्रकाश ज्योति मावि कक्षा १० मा पढ्ने बिनीता गुरुङलाई स्कूल छुट्टी भएर घर फर्कने क्रममा दूधखोलाले बगाएको छ । खोलाले करिब सय मिटर बगाएपछि पुल निर्माण काम गर्दै गरेका कामदारले उनलाई उद्धार गरेका हुन् ।

उनलाई सामान्य प्राथमिक उपचारपछि थप उपचारका लागि लमजुङ सामुदायिक अस्पताल बेंसीशहरमा पठाइएको छ ।
-रासस

Share.

Comments are closed.

error: Content is protected !!