कोमल ओलीले देश र जनताका गीत गाउदिनन् भन्नेलाई कडा जवाफ, आयो ‘शुन्य भयो गाउँ र घर’ को म्युजिक भिडियो (भिडियो सहित)

0

काठमाडौँ, १२ माघ : कोमल ओलीले देश र जनताका गीत गाउदिनन् भन्ने आरोप लाग्ने गरेको छ। तर यो आरोपलाई खण्डन गर्दै ओलीले समय सान्दर्भिक र देश प्रेमले ओतप्रोत भएको गीत गएकी छिन्।

उक्त आरोपको कडा जवाफको रुपमा ‘शुन्य भयो गाउँ र घर’ बोलको गीत बजारमा आएको छ।  जलेश्वर म्यजिक प्रालिको प्रस्तुतिमा शुन्य भयो गाउँ र घर गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा पशुपति शर्मा, राजकुमार बानिया र कोमल वलीको आवाज रहेको छ । समय सान्दर्भिक यस गीतको लय र शब्द राजकुमार बानियाको रहेको छ । गीतको म्युजिक भिडियोमा पशुपति शर्मा, राजकुमार बानिया, कोमल वलीलगायतको अभिनय रहेको छ ।

दुर्गा पौडेलद्धारा निर्देशित भिडियोको छायांकन देबराज गुरुङले गरेका हुन् । दृष्य निर्माण एकता फिल्मस् गरेको हो भने सम्पादन नविन घर्ति मगरले गरेका हुन् ।

हेर्नुहोस् भिडियो :

Share.

Comments are closed.

error: Content is protected !!