केकी अधिकारीको ‘कोहलपुर एक्सप्रेस’ अमेरिकामा प्रर्दशन हुँदै

0

लाक्पा सांगे शेर्पा, वोस्टन। नायिका केकी अधिकारीले पहिलो पटक निर्माण गरेको बहुप्रतिक्षित चलचित्र ‘कोहलपुर एक्सप्रेस’ अमेरिकाको विभिन्न शहरमा प्रर्दशन हुँदैछ । ‘काउ’ गीतबाट नै चर्चा कमाएको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ को ट्रेलर पनि निकै मन पराइएको छ । नायिका प्रिंयका कार्की, रीचा शर्मा र केकी शर्मा अभिनित चलचित्रको निकै मनोरञ्जनात्मक प्रस्तुति हुने आशा गरिएको छ ।

ट्रेलरमा भनिएको पंचलाइनहरु हिट भएका छन् । छक्का पञ्जामा लगायतमा सफल अभिनय गरि दर्शकहरुको मन जित्न सफल कलाकार बुद्धी तामाङको हैटको बेजोड प्रस्तुतिले चलचित्रलाई थप शसक्त बनाएको चलचित्र निर्माण पक्षहरुले जनाएको छ ।

साथै कमेडी सिनेमामा आफ्नो शसक्त पहिचान बनाइसकेका रविन्द्र झाको अभिनयले फिल्मलाई थप रोमान्चक र दर्शकाको मन जित्ने दावी निर्माण पक्षको छ ।

कोहलपुर एक्सप्रेसलाई अमेरिकामा प्लानेट ३ , कोशेली इभेन्टस् युएसए र फयुजोन इन्टर नेशनलले वितरण गर्दैछ । अहिले नेपाली समुदायमा सो चलचित्रको ज्यादै माग भएकोले सो चलचित्र प्रर्दशन गर्न लागिएको कोशेली इभेन्टका इभेन्ट डिरेक्टर अर्जुन जुंग कुवरले जानकारी दिए ।

विशाल भण्डारीले निर्माण गरेको उक्त चलचित्र यही आउदो अप्रिल २७ बाट अल नेपाल र अमेरिकाको विभिन्न शहरहरुमा एकै साथ प्रर्दशन हुने जनाइएको छ ।

Share.

Comments are closed.

error: Content is protected !!