कर्मचारी सन्ततिको छात्रवृत्तिमा पौने अर्ब खर्च, उपलब्धि शून्य

0

काठमाडौँ : सरकारले कर्मचारी सन्तानलाई छात्रवृत्तिमा करोडौ लगानी गरे पनि उनीहरुलाई सरकारी सेवामा आकर्षित गर्न सकेको छैन । सरकारी छात्रवृत्तिमा कर्मचारीका सन्तान डाक्टर, इन्जिनियर, नर्स, कृषि तथा बन प्राबिधिक बनेका छन् ।

यो छात्रवृत्तिमा मात्रै सरकारले आव ०७३/७४ सम्म ६० करोड ४१ लाख ४ हजार वितरण गरिसकेको छ । आव ०७४/७५ का लागि थप १४ करोड वितरण गर्ने योजना छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले छात्रवृत्ति वितरण गर्ने जिम्मेवारी पाएको छ । छात्रवृत्ति पाउने रकम २ लाख देखि ५ लाख सम्म तोकिएको छ ।

मन्त्रालयले छात्रवृत्ति वितरणमा आफैले बनाएको निर्देशिका उल्लङ्घन गर्दै आएको आरोप पनि छ । निजामती कर्मचारीका सन्तानलाई छात्रवृत्ति उपलब्ध गराउने सम्बन्धि निर्देशिका ०७२ अनुसार छात्रवृत्ति पाएका डाक्टर, इन्जिनियर, नर्स, कृषि तथा बन प्राबिधिकलगायतलाई कोर्स सम्पन्न गरेपछि अनिवार्य सरकारी सेवामा लगाउनु पर्ने प्रावधान रहेको खबर आजको अन्नपूर्णपोस्टले छापेको छ ।

महालेखा परिक्षकको कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदनले पनि सन्तति छात्रवृत्ति कार्यक्रममा करोडौ लगानी भए पनि सरकारले सो अनुसार प्रतिफल प्राप्त गर्न नसकेको भन्दै समन्यको ध्यान आकर्षित गरेको छ । छात्रवृत्तिमा अध्यन गरेका विधार्थीलाई उतिर्ण भएको एक वर्ष भित्र सरकारले कुनै सस्था निकायको काममा खटाउन सक्ने निर्देशिकामा व्यवस्था छ ।

सरकारले खटाएको काम नगरे वा बिषय परिवर्तन गरे छात्रवृत्तिमा प्राप्त गरेको रकम र त्यसको ब्याजसमेत सरकारी बाँकिसरह असुलउपर गरिने व्यवस्था छ । सरकारले छात्रवृत्ति प्रदान गरेपछि सम्बन्धित विद्यार्थीहरुले सोहिअनुसार अध्यन गरे /नगरेकोबारे समेत कुनै अध्यन गरेको छैन ।

Share.

Comments are closed.

error: Content is protected !!