एकताको खुशीयालीमा काठमाडौँमा दीपावली

0

काठमाडौँ, ३ जेठ: नेकपा (एमाले) र माओवादी केन्द्रबीच एकता घोषणा भएपछि नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा खुशीयाली मनाउँदै दीपावली गरेका छन् ।

राष्ट्रियसभा गृहमा साँझ ऐतिहासिक एकता घोषणाको स्वागतमा ठाउँठाउँमा दीपावली भइरहेको युवा संघ नेपालका उपाध्यक्ष प्रभातविक्रम कटवालले जानकारी दिनुभयो ।

बालुवाटारमा केक
यसैगरी, एकताको खुशीयालीमा प्रधानमन्त्री निवास बालुवाटारमा रात्रि भोजको आयोजना गरिएको छ । पार्टीका केन्द्रीय सदस्यहरुका लागि आयोजित कार्यक्रममा शीर्ष नेताहरुले केक काटेर उत्सवसमेत मनाएका छन् । पुनःगर्ठित केन्द्रीय कमिटीको पहिलो बैठक चाँडै बस्ने बुझिएको छ ।
-रासस

Share.

Comments are closed.

error: Content is protected !!