उपत्यकाका सिंगल थिएटरमा अबदेखि इ-टिकेटिङ लागू हुने

0

काठमाडौं: चलचित्र विकास बोर्ड अध्यक्षमा अध्यक्ष निकिता पौडेल नियुक्त भएपछि उपत्यकामा संचालित सिंगल थिएटरहरुमा बक्स अफिस प्रणालीको इ-टिकेटिङ सिस्टम लागु हुने भएको छ।

चलचित्र विकास बोर्डले नयाँ वर्षको पाईला सँगै यस क्षेत्रमा संस्थागत सुधार प्रणालीमा लैजान सिंगल थिएटर साथै मल्टिप्लेक्स सिनेमा घरहरुमा सञ्चालित इ-टिकेटिङ सिस्टमलाई पनि चलचित्र विकास बोर्डले आफ्नो डाटाहवमा जोड्दैछ।

विकास बोर्डको उद्देश्य अनुरुप चावहिलस्थित गोपीकृष्ण मुभिजमा यसको पहिलो परिक्षण सम्पन्न भएको छ। गोपीकृष्णसँगै कोटेश्वर जडिबुटी अवस्थित पुष्पाञ्जली, बौद्ध स्थीत सिदार्थ र पृथ्वीसंगै कलंकी सिनेमा हलमा बैशाख १० गते देखि नै बक्स अफिस प्रणाली शुरु हुनेछ। इ-टिकेटिङको लागि सर्भर जडानको काम ब्रेन डिजिटले गरीरहेको छ।

Share.

Comments are closed.

error: Content is protected !!