उनि बोल्दिनन् गरेर देखाउछिन्, प्रवासमा बसेर पनि यति महान कार्य (भिडियो सहित)

0

काठमाडौँ, १२ माघ : सात समुन्द्र पारि बेलायतमा बसे पनि नेपाल र नेपालीकै लागि आफुलाई समर्पित गर्ने केहि मध्येमा इशा गुरुङ्गको नाम हाल चर्चामा छ।

सामाजिक संजालको सहि सदुपयोग गर्न कोहि कसैले इशा गुरुङ्गबाट सिकून्। सामाजिक संजाल फेसबुकको सहि सदुपयोगबाट धेरै बिपदमा परेका नेपालीहरुलाई सहयोग जुटाईसकेकि छन्।

१ छोरीकी आमा समेत रहेकी इशा नेपालमा कोहि कसैलाई आपत पर्यो भने उनी चुपालागेर बस्न सक्दिनन् । उनले नेपालका विभिन्न संघसंस्था, व्याक्तिहरुलाई सहयोग गरिसकेकी छन् । कहिले अभियान चलाएर सहयोग गर्छिन् त कहिले आफ्नो पकेटबाट गर्छिन् तर उनी चुप लागेर भने बस्न सक्दिनन् ।

हालै मात्र चार बर्षकी ब्लड क्यान्सर पीडित कृष्टिना सुनारका लागि उनी दिनरात नभनी अभियान चलाइरहेकी थिइन । उनी भन्छिन् म बेलायतमा भएपनि मन भने नेपालमा नै छ, नेपालीको पीडाले सबैभन्दा बढी छुन्छ मलाई । कोहि कसैले नेपालको बारेमा नराम्रो बोल्यो भने पनि म चुपलागेर बस्न सक्दिन ।

इशा गुरुङको अभियानमा उठेको रकम हस्तान्तरण गरेको भिडियो र उनको मेसेज जस्ताको तस्तै :

हेर्नुहोस् भिडियो :

Share.

Comments are closed.

error: Content is protected !!