उद्योगी-व्यवसायीको अवरोधले बुटवलको ६ लेन सडक विस्तार एक हप्ताका लागि स्थगित

0

बुटवल, बैशाख ४: वुटवलमा सुरु भएको ६ लेन सडक विस्तारको काम एक हप्ताका लागि रोकिएको छ ।

बुटवलको राजमार्ग चौराहादेखि चिडिया खोलासम्मको सडक क्षेत्र मिचेर बनेका घरहरु भत्काउने क्रममा स्थानीय राजनीतिक दल र उद्योगी-व्यवसायीले अवरोध गरेपछि विस्तारको काम एक हप्तासम्मका लागि स्थगित गरिएको हो ।

चौराहादेखि चिडियाखोलासम्म साढे तीन किलोमिटर क्षेत्रमा ३८४ घर सडक क्षेत्र मिचेर बनेका छन् । उक्त संरचना हटाउन आयोजनाले पटक पटक आग्रह गरे पनि सुनुवाइ भएन ।

सुनुवाइ नभएपछि बुटवल-बेलहिया व्यापारिक मार्ग आयोजनाले डोजर लगाएर सडक क्षेत्र खाली गराउन लागेको थियो त । तर, राजनीतिक दलहरुले नै अवरोध गरेपछि काम रोकिएको छ ।

Share.

Comments are closed.

error: Content is protected !!