आफ्नै बोसले नगरकोट लगेर जबर्जस्ती गर्न खोजेपछि रुँदै मिडियामा यी चेली [हेर्नुहोस भिडियो]

0

पिएनपिखबर, भक्तपुर : यौन हिंसा र शोषणले नेपालको सबै भू–भागलार्ई समेटेको छ । यसले कुनै वर्ग, जात, धर्म र सम्प्रदाय भनेर छुट्याएको हुँदैन । न त यसले बालिकाको उमेरलार्ई नै हेर्ने गरेको छ । त्यसैले हरेक उमेरका छोरी बच्चाहरू शोषणमा परिरहेका हुन्छन् ।

कतिपय पिडितहरु आफूमाथि भएको अत्याचार पनि सहेर नखुलाई बस्ने गर्छन। तर एक पिडित युवतीले  मिडियामा आफ्नो व्यथा पोखेकी छिन्। उनलाई आफ्नै बोसले नगरकोटमा लगेर जबर्जस्ती गर्ने प्रयास गरेका थिए। ती पिडित महिला घटना घटेको दुई महिना पछि मिडियामा आएकी हुन्। अहिले उनले बोसमाथि उजुरी हालेकी छिन् ।

यी पिडित महिला राजनितीमा पनि सरिक छन्। उनी नेविसंघको महिला क्षेत्र न ३ को महिला प्रतिनिधि पनि हुन। उनले मास्टरसम्मको अध्धयन पुरा गरिसकेकी छिन्।

घटना हुनु अघि अमृत कार्की र हिरामान साही जो क्षेत्र न ३ को बधशालाका संयोजकले ती महिलाको आमालाई छोरीलाई पटक पटक फोन गरेर अफिसमा जागिर दिन्छु भनेर सम्झाई रहने गर्दथे। पहिला उनले मानिनन तर पछि उनको आमाको प्रेसरले गर्दा काम गर्न राजी भईन। त्यसपछि उनी हिरामान साहीको अस्मिता नामक फाउनडेशनमा काम गर्न थालिन। अमृत कार्की त्यस फाउनडेशनका म्यानेजर हुन् जसले ती महिकामाथि जबरजस्ती गर्ने प्रयास गरेका थिए। त्यहाँ उनी विरामीहरुको रेस्क्यु गर्ने काम गर्ने गर्दथीन। एक दिन उनलाई अमृत कार्कीले महिला विरामी लेराउनको लागि नगरकोट जानु पर्ने भयो भनेर उनलाई अमृतले लगे।

ती महिलाको अनुसार, अमृतले उनलाई एउटा रिसोर्टमा खाजा खानको लागि लगे र वियर मगाए तर उनले भने खाइनन। उनले आफ्नो व्यक्तिगत कुरा गर्दा गर्दौ योन प्रस्ताब राखे भने के गर्नु हुन्छ, प्रेमी छ छैन भन्दै अनावश्यक प्रस्न सोधी रहेका थिए। त्यसपछि हिरामान शाहीलाई अमृतले फोन गरे र ती महिलालाई कुरा गर्न लगाए। हिरामानले फोनमा मैले रुम बुक गराई दिएको हो तिम्रो जागिर बच्छ भने अमृतले जे भन्छ त्यही मान भनेर फोन काटे। त्यसपछि अमृत नजिक आएर उनलाई रुममा लछारपचार पार्दै भित्र लान खोजे। त्यसपछि उनले अमृतको शर्टको कठालो समातेर थप्पड हानिन र अमृतले माफी मागेर त्यहाँबाट गए। त्यसपछि उनी भोलिपल्ट अफिस गईन र आफ्नो कुरा त्यस संघठनको अध्य्क्षलाई गएर पोखिन। तर उनलाई मद्दत गर्नु सट्टा उनलाई अफिसबाट नै निकालियो।

अहिले उनी अमृत कार्की विरुद्ध उजुरी हालेकी छिन्।  उनी यसै सिलसिलामा अदालत धईरहेकी छिन् । अब चाडै नै अदालतले कारवाही गर्ने मिति तय गरेको छ । बाँकी हेर्नुहोस भिडियोमा :

Share.

Comments are closed.

error: Content is protected !!