आफ्नै छोरा अनमोललाई ‘डिंगोपुत्रको सत्यानाश’ भनेर सराप्ने सुस्मितालाई अनमोलले लेखे ‘…माई वान एन्ड अन्ली लभ’

0

काठमाडौँ : पछिल्लो पुस्ताका चर्चित नायक अनमोल केसीलाई केही समय अघि मात्रै उनकी आमा सुस्मिता बम्जनले ‘डिंगोपुत्रको सत्यानाश’ भनेर लेखेपछि अनमोलका आमा छोराको सम्बन्धका विषयमा लामो चर्चा चल्यो । आमा छोराबिच सम्बनध राम्रो नभएको समेत भनियो।

आमा सुस्मिता बम्जनको उक्त आक्रोशमा अनमोलले कुनै प्रतिक्रिया जनाएनन् । तर अहिले आएर एकाएक उनीहरुको सम्बन्धमा सुधार आएको छ । आमाको मुख हेर्ने दिनको अवसरमा अनमोलले सुस्मितालाई सम्झिदै भनेका छन् ।

‘ह्याप्पी मदर्स डे टु माई वान एन्ड अन्ली लभ ।’ उक्त स्टाटसमा तुरुन्त कमेन्ट गर्दै सुष्मिताले पनि लेखेकी छिन्, ‘मेरो मुटुको टुक्रा, माइ जान ।’ यसअघि पनि अनमोलको जन्मदिनमा सुष्मिताले ‘फर्स्ट विस’ गरेकी थिइन् । उनले फेसबुकमा पनि छोरालाई शुभकामना दिएपछि अहिले पुन उनीहरुको सम्बन्धमा सुधार आएको देखिन्छ ।

Share.

Comments are closed.

error: Content is protected !!