आज पुस्तक तथा प्रतिलिपि अधिकार दिवस मनाईदै

0

काठमाडौं, १० वैशाख : आज विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईँदै छ । सन् १९९५ मा फ्रान्सको पेरिसमा भएको संयुक्त राष्ट्रसंघीय शैक्षिक तथा साँस्कृतिक संगठन युनेस्काको महासभाले अप्रिल २३ को दिनलाई विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवसको रुपमा मनाउने घोषणा गरेको थियो ।

त्यसपछि हरेक वर्ष यो दिव मनाउने गरिएको छ । यो वर्ष साक्षरता र युवालाई जोड दिँदै यो दिवस मनाईंदै छ । सन् १६१६ मा विश्व साहित्यमा महत्वपूर्ण योगदान गर्ने विलियम्स शेक्सपियर र इनका गार्सिलासो पी ला वेगाको निधन भएको दिनको सम्झनामा हरेक वर्ष विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस मनाउने गरिएको हो । यो दिन विश्व साहित्यमा महत्वपूर्ण दिनको रुपमा लिइन्छ ।

नेपालमा भने केही वर्ष अघिदेखि मात्र यो दिवस मनाउन थालिएको हो । पछिल्ला वर्षहरुमा पुस्तक पढ्ने बानीको विकास हुन थालेको छ । सर्जकको अनुमति बिना नक्कल गर्न, उत्पादन गर्न र बिक्री वितरणमा रोक लगाउने कानूनको रुपमा नेपालमा प्रतिलिपी अधिकार ऐन २०५९, प्रतिलिपी अधिकार नियमावली २०६१ कार्यान्वयनमा छ ।

Share.

Comments are closed.

error: Content is protected !!