आखिर ! किन महिलाको तुलनामा कम बाँच्छन् पुरुष ? यस्ता छन् कारण

0

एजेन्सी : महिला र पुरुषको जीवनशैलीमा निकै अन्तर हुन्छ । महिला आफ्नो स्वास्थ्यका लागि जति गम्भीर हुन्छन् पुरुष त्यति हुँदैनन् । यस कारण पुरुष महिलाको तुलनामा कम बाँच्छन् । साथै हर्मोनमा हुने परिवर्तनको पनि यसमा निकै ठूलो असर हुन्छ । नेचर जेनेटिक्स जर्नलमा प्रकाशित एक अनुसन्धानमा पनि पुरुष महिलाको तुलनामा कम बाँच्ने कुरालाई पुष्टि गरेको छ ।

१. जोखिम

महिलाको तुलनामा पुरुष हरेक काममा बढि जोखिम लिन्छन् । यसले तनाव बढाउने गर्छ जसले पुरुषको उमेरलाई कम गरिरहेको हुन्छ ।

२. मुटु रोग

धेरैजसो पुरुष धुम्रपान, रक्सीलगायतका नशालु पदार्थका आदी हुन्छन् । यसले कोलेस्ट्रोलको स्तर बढाएर मुटुरोग निम्त्याउने गर्दछ ।

३. डिप्रेशन

महिलाको तुलनामा पुरुषलाई डिप्रेशनले गाँजेको हुन्छ । यस्तोमा पुरुष आत्महत्याजस्ता कदम उठाउने गर्दछन् ।

४. उपचारका लागि ढिलो जानु

धेरैजसो पुरुषको बिरामी हुँदा पनि उपचारका लागि जाँदैनन् । जसका कारण उनीहरुलाई कुनै गम्भीर रोगले छुने हुँदा उनीहरुको उमेर घट्दै जान्छ ।

५. क्रोमोजम कम हुनु

उमेर बढेसँगै पुरुषमा Y क्रोमोजोम कम हुन थाल्छ यसले मधुमेह र क्यान्सरजस्ता रोगको खतरा बढ्ने गर्दछ ।

Share.

Comments are closed.

error: Content is protected !!