आइपिएलः जब चौका दिइसकेका अम्पायरले निर्णय बदल्दै ब्याट्सम्यानलाई आउट दिनुपर्यो

0

एजेन्सी। कुनै अम्पायरले पहिले चौका दिइसकेको बलमा केही समयमै निर्णय फेर्दै ब्याट्सम्यानलाई आउट दिएको तपाइँले कहिल्यै सुन्नुभएको छ । यस्तो रोचक घटना हिजोको आइपिएलमा भयो । चेन्नइ र पंजाबबीचको खेलमा चेन्नइको इनिङ चलिरहँदा यस्तो घटना भएको हो ।

सातौं ओभरको चौथो बलमा साम बिलिङ्सको सटमा अम्पायरले चौका दिए । बलिङ गरिरहेका पंजाबका कप्तान रविचन्द्रन अश्चिन यो देखेर चकित परे । अम्पायरले चौका दिएको बलमा अश्विनले भने ब्याट नै नलागेको मानेका थिए । उनलाई लागेको थियो बल ब्याटमा होइन बिलिङसको प्याडमा लागेर गएको छ ।

उनले तत्कालै अम्पायरको निर्णय रिभ्यू गरे । डिआरएस सिस्टमबाट रिभ्यू गर्दा प्रस्ट भयो बल ब्याटमा नभइ बिलिङसको प्याडमा लागेको छ । प्याडमा लागेको बल सिधै स्टम्पमा लाग्ने गरी गएको थियो । थर्ड अम्पायरको इशारा पाएपछि मैदानमा अम्पायरले आफ्नो पहिलेको निर्णय बदल्दै ब्याट्सम्यान बिलिङ्सलाई आउट दिए ।

Share.

Comments are closed.

error: Content is protected !!