अबैध रुपमा नेपाल भित्र्याउन लागेका कपडाहरु बरामद

0

रबिन्द्र बराल
चैत्र ६, मोरङ : माेरङकाे सिमाबर्ति क्षेत्रबाट अबैध रुपमा नेपाल भित्र्याउन लागेका कपडाहरु प्रहरीले बरामद गरेको छ। भारतबाट अबैध रुपमा भन्सार छलेर नेपाल भित्र्याउनेे क्रममा ईलाका प्रहरी कार्यलय रंगेलीले अाफ्नाे मातहतमा रहेकाे रंगेली, चाेप्राह, कर्सिया, नाेचा, डाईनिया लगायतका स्थानहरुबाट साईकलकाे प्रयोग गरेर तस्करहरुले काेट पेन्टकाे कपडा, साडी,धाेती,र खाधन्य लगायत सामाग्रीहरु नेपाल ल्याउने क्रममा प्रहरीले उक्त सामान बरामद गरेकाे हाे ।

साे सामानकाे बजार मूल्य अन्दाजी १ लाख ७५ हजार रुपैयाँ बराबरको रहेको र मंगलबार बिराटनगर स्थित भन्सार कार्यलयमा बुझाईने ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक संन्जिव बाबू खड्काले बताए

Share.

Comments are closed.

error: Content is protected !!