अनिल कपूर र उनका छोरा हर्षवर्धन कपूर एकसाथ पर्दामा देखिदै

0

एजेन्सी : अनिल कपूर र उनको छोरा हर्षवर्धन कपूर चाँडै एकसाथ पर्दामा देखिने भारतीय सञ्चार माध्यमहरुले जनाएको छ । भारतीय निशानाबाज अभिनव बिन्द्राको जीवनमा आधारित फिल्ममा उनीहरु बाबु-छोराको जोडी देखा पर्नेछन् । यस फिल्ममा हर्षवर्धन अभिनव बिन्द्राको भूमिका निभाउने छन् भने अनिल कपूर उनको पिताको भूमिकामा हुनेछन ।

बलिउड पण्डितहरुका अनुसार हर्षवर्धन यस भूमिका निभाउनको लागि कडा मेहनत गरिरहेका छन् । फिट बढी पाउनको लागि उनी दैनिक प्रशिक्षणमा पनि गइरहेका छन् । साथै खबर आएको छ कि उनको पिता अनिल कपूर पनि यसको लागि प्रशिक्षण कक्षामा सहभागी हुने भएका छन् । भारतीय मिडिया रिपोर्टका अनुसार हर्षको आगामी फिल्म ‘भावेश जोशी’ को प्रदर्शन पछि हर्ष र अनिल कपूर अभिनव बिन्द्राको गृहनगर चण्डिगढ प्रस्थान गर्नेछन ।

पारिवारिक निकट स्रोतका अनुसार दुवैले जुलाई देखि अक्टोबरसम्म बायोपिकको लागि रिसर्च गर्न समय निकाल्नेछन । दुवै जनाले अभिनव बिन्द्राको परिवारसँग पनि भेटघाट गर्नेछन ताकि अभिनवको बारेमा स-साना कुराहरुको बारेमा बुझ्न सकोस् ।

Share.

Comments are closed.

error: Content is protected !!