गोरखाबाट अवैध सुन सहित दुईजना पक्राउ [हेर्नुहोस भिडियो]

0

गोरखा, ३० भदौ : गोरखाको चुमनुब्री गाउपालिका वडा नं. ३ फिलिम भन्ने स्थानमा उक्त चौकीबाट प्रहरी नायव निरीक्षक तुल बहादुर सेनको कमाण्डमा खटिएको प्रहरी चेकीङ टोलीले शंकास्पद व्यक्ति तथा सामानहरु चेकजाँच गर्ने क्रममा छेकम्पारबाट आरुघाट तर्फ ल्याउदै गरेको उक्त अवैध सुन फेला पारी नियन्त्रणमा लिएको हो ।

अवैध सुन सहित पक्राउ पर्नेमा गोरखा चुमनुब्री गाउपालिका-७ छेकम्पार बस्ने वर्ष ५८को छिरिङ ङटुप लामा र वर्ष २८को लोप्चन तेन्वे रहेका छन् । उनिहरुले उक्त अवैध सुन पछाडी बोक्ने रातो रंगको झोला साथै गलबन्दी भित्र राखी बाहिरबाट सिलाई कम्मर बेल्ट जस्तो बनाई लुकाई छिपाई लिई आएको अवस्थामा प्रहरिले फेला पारेको थियो ।

पक्राउ परेका उनिहरुसँगको सोधपुछका क्रममा चीनको तिब्बतमा रहेको जोङ्गका च्याङचिन भन्ने चिनिया नागरिकले उक्त सुन काठमाडौँ पुर्‍याई दिन भनि निजहरुको फोन नम्बर राखी काठमाण्डौं पुगेपछि फोन गर्ने व्यक्तिलाई दिनु भनेको खुलाएका छन् । साथै उक्त सुन पुर्‍याए वापत ५० हजार रुपैया दिने भनेको समेत खुल्न आएको छ ।

पक्राउ परेका उनिहरु उपर प्रहरीले थप अनुसन्धान समेत गरिरहेको छ ।

बाँकी हेर्नुहोस भिडियोमा :

Share.

Comments are closed.

error: Content is protected !!