अनिल कपूरको घर ज्वाई बनेर बस्ने भएका छन् आनन्द आहुजा

0

पिएनपिखबर, भक्तपुर : सोनाम कपुरको विवाह भएको करीब एक हफ्ता बितिसकेको छ तर यस पछि पनि सोनाम कपुर र आहुजा लगातार चर्चामा आइरहेको छन्।

वीवाह पछि कांस फिल्म फेस्टिबलबाट चर्चामा उनि आइरहेकी थिइन् तर अब उनी आफ्नो घर मुम्बई आईसकेकी छिन्। बलिउड ग्यालरीहरुमा सोनाम विवाहको बन्धनमा बाधिए पनि उनी आफ्नो बाबुको घर छोडेर कतै नजाने भएकी छिन्।

सोनाम कपुरको श्रीमान आनन्द अहुजा दिल्लीमा बस्ने गर्छन। विवाहको कुरा गर्ने बेला देखि नै आनन्द मुम्बईमा आफ्नो नयाँ घर खोज्दै थिए। अनिल कपुरको घर नजिकै आनन्दले घर खोज्दै छन् भन्ने खबर पनि बाहिरिएको थियो। अहिले भने कतै नगई सोनाम र आनन्द अनिल कपुरकै घरमा रहने भएका छन्।

भारतीय संचार माध्यमका अनुसार आफ्नो करियरको कारण सोनाम मुम्बई छोडेर कतै जान चाहादिनन्न। केहि समयसम्म उनीहरु दिल्ली-मुम्बई जाने आउने गरिरहेका छन्। यी सबैको बीचमा अनिल कपुर विवाहको नयाँ बन्धनमा बाधिएको यो जोडीलाई आफ्नो घरमै राख्न चाहन्छन। सोनमको विवाह भएको धेरै समय भईसक्दा पनि अहिलेसम्म सामाजिक संजालमा यो जोडीको तस्विर र भिडियो भाइरल भईरहेको छ।

Share.

Comments are closed.

error: Content is protected !!