दृष्टिबिहिन आरजे जोडीको संसार हल्लाउने प्रतिभा [हेर्नुहोस् भिडियाे सहित]

0

सुनसरी, २३, वैशाख : हरेक मानिस सँग फरक-फरक क्षमता हुन्छ । त्यहि क्षमता चिनेर प्रर्दशन गर्न सकियो भने सबैको मन जित्न सकिँदो रहेछ । यस्तै फरक क्षमता भएका दुई युवाहरु (आरजे जोडी ) अर्थात रमेश प्रसाई र जीवन बिष्टको अदभुत क्षमतालाई देख्ने र सुन्ने जो कोही पनि मन्त्रमुग्ध हुने गरेका छन ।

गीत लेखन, गायन, कविता, गजल लेखन लगायत क्यारिकेचर गर्न खम्पिस यो जोडीले यतिबेला राम्रै चर्चा पाएको छ । यो जोडी सुनसरीको धरानमा रहेर बिभिन्न रेडियोमा कार्यक्रम उत्पादन र प्रस्तुति समेत गरिरहेको छ । यी दुवै युवा ब्रेल लिपीको सहारामा स्नातक अध्यायनरत छन तर अचम्मको कुरा राज्यले दिने कुनैपनि सेवासुबिधा उनीहरु ग्रहण गर्न चहादैनन । आफुलाई दृष्टिबिहिन भन्दा पनि फरक क्षमता भएको र अन्य ब्यत्तिभन्दा आफुहरु कुने कुरामा कम नभएको उनीहरु बताउँछन ।

झापाको मेचिनगरका रमेश प्रसाँई सुनसरीको धरानस्थित ज्ञानचक्षु बिद्यालयमा अध्यायनरत रहेका छन । उनी गीत लेख्न र गाउन मात्रै होईन क्यारिकेचर गर्न समेत माहिर छन । उनी प्रायजसो सबै नेता र कलाकारहरुको नक्कल अर्थात (क्यारिकेचर) गर्न सक्छन । यी फरक क्षमताका रमेशको प्राध्यापक बन्ने रहर रहेछ । मोरङको पथरीशनिश्चरे घर भएका जविन बिष्ट पनि सोही बिद्यालयमा अध्यायनरत रहेका छन । उनी कविता, गजल, गीत लेख्न, रेडियोमा कार्यक्रम उत्पादन र प्रस्तुतिका लागी माहिर छन ।

भिडियोमा हेर्नुहोस् आरजे जोडीको संसार हल्लाउने प्रतिभा :

 

Share.

Comments are closed.

error: Content is protected !!