मोडलिङ क्षेत्रमा सफलता प्राप्त गर्दै पर्यटन ब्यवसायी रसना पौडेल

0

काठमाडौँ, ३ पुष : चलचित्र प्रेमगीत-२ हेरेपछि नायक प्रदिप खड्काको फ्यान बनेकी रसना पौडेल कुनै वेला राजेश हमाल भन्ने बितिकै मरिहते गर्थिन ।

पौडेल हमालको अभिनय भन्दा पनि ब्यक्तित्वबाट प्रभावित थिइन भने खड्काको सौन्दर्यले भुतुक्कै बनाएको छ उनलाई । मूल पेशा पर्यटन अंगालेकी पौडेल नेपाल घुम्न आउने जुनसुकै मुलुकका पर्यटकलाई उनी सित्तैंमा सिटी म्याप दिएर सहयोग गर्छिन ।

पर्यटनमा जोडिए पनि उनको रुची भने मोडलिङमा रहेको छ । उदय र मनिला सोताङको “तिम्रो मुस्कान भन्दा मिठो” बोलको गीत मार्फत उनले मोडलिङ सुरु गरेकीहुन् । यो विचमा आधा दर्जन बढी गीतमा मोडलिङ गर्नुको साथै संगीता श्रेष्ठ निर्देशित फिचर फिल्म ‘कथा काठमाडौ’ मा पनि अभिनय गरिसकेकी छिन् ।

उनी भन्छिन् ‘राम्रा विषयमा बनेको फिल्ममा सुहाउदो भुमिका पाएँ भने अभिनय गर्छु । पढाई र पर्यटन ब्यबसायमा आबद्ध भएकाले मोडलिङ क्षेत्रमा आउन केही ढिला भएपनि गीत, संगीत र मोडलिङप्रति सानैदेखि रुची थियो उनको ।

उनको योजना अब मोडलिङलाई निरन्तरता दिने छ । घुम्न र फेशनेवल हुन मन पराउने रसना मोडलिङले परिचय फराकिलो बनाइदिने बताउछिन् साथै चाँडै गायनमा समेत लाग्ने योजना रहेको छ उनको । मात्रिका पौडेल

Share.

Comments are closed.

error: Content is protected !!