​के तपाई राति मोबाइल चलाउनुहुन्छ ? आजै देखि छोडिदिनुहोस्

0

एजेन्सी : के तपाई रातको समयमा स्मार्टफोन तथा कम्प्युटर चलाउनुहुन्छ ? यदि चलाउनु हुन्छ भने आजै देखि छोडिदिनुहोस् । किनभने यसरी तपार्इंले अध्यारोमा स्मार्टफोन तथा कम्प्युटर चलाउँदा स्क्रिनबाट निलो प्रकाश निस्किने गर्छ जसले तपाईको आँखालाई असर गर्छ ।

वैज्ञानिकहरुका अनुसार डिजिटल उपकरणको स्क्रिनबाट निस्किने निलो प्रकाशले स्थायी अन्धोपन समेत निम्त्याउने खतरा रहन्छ ।

अँध्यारोमा लामो समयसम्म यस्तो निलो प्रकाशको सम्पर्कमा रहिरहने मानिसको आँखाको ज्योति गुम्नसक्ने विज्ञहरुले चेतावनी दिएका छन् ।

अमेरिकाको युनिभर्सिटी अफ टोलेडोका शोधकर्ताहरुले यस विषयमा अध्ययन गरी यस्तो निष्कर्ष निकालेका हुन् ।

अनुसन्धानका अनुसार लगातार निलो प्रकाश हेर्नाले आँखामा ज्योति उत्पन्न गर्ने संवेदनशील कोशिकाहरुमा विषाक्त अणु उत्पन्न हुन सक्दछ । जुन आँखाको नानीमा धब्का आउने समस्याको कारक बन्न सक्दछ । यसले आँखामा स्थायी रुपमा अन्धोपन निम्त्याउन सक्दछ ।

मोबाइल तथा ग्याजेटको अत्यधिक प्रयोग गर्ने अमेरिका लगायतका मुलुकमा निलो प्रकाशबाट हुने अन्धोपनका घटनामा पछिल्लो समयमा अत्यधिक वृद्धि भइरहेको शोधकर्ताहरुले जनाएका छन् ।

Share.

Comments are closed.

error: Content is protected !!