​अशोक दर्जीलाई राम्रो शिक्षा र संगीत सिकाए भबिष्यमा उ राम्रो गायक बन्नसक्छ: काठमाडौँ प्याब्सनका अध्यक्ष हरि कृष्ण श्रेष्ठ [हेर्नुहोस् भिडियो]

0

पिएनपिखबर, भक्तपुर। निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) काठमाडौँ प्याब्सनका अध्यक्ष हरि कृष्ण श्रेष्ठ विद्या व्यायाम विद्यालयका प्रिन्सिपल समेत हुन्। उनले लामो समय देखि शैक्षिक क्षेत्रमा योगदान दिँदै आएका छन्।

ग्रिन तारा चाइल्ड ह्याभेन विद्यालयमा सम्पन्न भएको जी.एस संचार नेपालद्वारा निर्मित घनश्याम तिमल्सिना ‘एन्टिना’ को ‘विद्यार्थी’ नामक १८ औ शैक्षिक डकुमेन्ट्री चलचित्रको शुभ मुहुर्त समारोहमा उनले आफ्नो उपस्थिति जनाउदै मन्तब्य समेत दिएका थिए। उनले आफ्नो मन्तब्यमा विद्यार्थीलाई कितावी ज्ञान भन्दा पनि व्यवहारिक ज्ञान एकदम आवश्यक छ भन्ने कुरा प्रस्ट पारेका थिए।

प्याब्सनको अध्यक्ष भएको नाताले पनि उनले आहिले शिक्षा प्रणालीको विषयमा आफ्ना कुरा राखेका थिए। उनले भने , वास्तब मै हाम्रो देश नेपालको शैक्षिक प्रणाली थेउरिटिकल छ, तर हामीले व्याहारिक र प्रावधिक शिक्षामा जोड दिएका छौ। जसले गर्दा हरेक शिक्षितले रोजगारको अवसर पाओस।’ विद्यार्थी धेरै विधामा रुचि भएको हुनसक्छ। त्यसैले उनले विद्यार्थी जीवनमा हरेक कुराको ज्ञान दिन जरुरि भएको बताए।

जति पनि बलात्कारको घटना हाम्रो देशमा घटिरहेको छ। यसको रोकथाम र निर्मुलीकरणको लागि विद्यालयले कस्तो भूमिका खेल्नु पर्छ भन्ने प्रश्नमा उनले जवाफ दिँदै भने ,’विद्यालय एउटा यस्तो ठाउ हो जहाँ कलिला बालबालिकाले हरेक कुराको ज्ञान पाउछन्। अहिले हाम्रो समाजमा विकराल रुप लिईरहेको बलात्कार जस्तो जघन्य अपराध कति पी स्कुले विद्यार्थीलाई नै घटेको पाइन्छ। त्यसैले पनि विद्यालयमा यस्ता घटनाको विषयमा सम्बन्धित रहेर मोरल शिक्षा दिन जरुरी छ। अपिरिचित व्यक्तिसँग बोल्ने शैली देखि घर पुग्दा सम्मको क्रियाकलापहरुमा विशेष जोड दिएर बालबालिकामा सचेतना जगाउन जरुरत छ।’

‘विद्यालयमा नै छात्रछात्रालाई हुने यौन दुर्व्यवहार नहोस भन्नको लागि पनि विद्यालयमा कडा नियम कानुन लागु हुन आवश्यक छ , मिडियाले खबरदारी गर्ने गर्नु पर्छ। अनि मात्र यस्ता घटना दोहोरिदैन।’ उनले थपे। वास्तव मै बालबालिकाको कलिलो मस्तिष्कमा सकारात्मक शिक्षा भर्न सके उसको भविष्य उज्व्वोल छ।

हेर्नुहोस् भिडियो :

Share.

Comments are closed.

error: Content is protected !!